• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा प्रतिनिधि र प्रदेशसभा बिजयी उम्मेद्वारलाई सञ्चारकर्मीले दिए बधाई

खोटाङमा प्रतिनिधि र प्रदेशसभा बिजयी उम्मेद्वारलाई सञ्चारकर्मीले दिए बधाई


चिसाङ शेर्पा
  • मंगलबार, पौस ४ २०७४

  • चिसाङ शेर्पा/पौष ४ खोटाङ

    खोटाङमा प्रतिनिधि र प्रदेशसभाका बिजयी उम्मेद्वारलाई बधाई तथा शुभकामना दिईएको छ । प्रेस सेन्टर र प्रेस चौतारी शाखा दिक्तेलकोे संयुक्त आयोजनामा गत मंसिर दश गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजयी बाम गठबन्धनका तीन उम्मेद्वारलाई सांकेतिक बधाईपत्र तथा आगामी कार्यकालको शुभकामना दिईएको हो ।

     

    मंगलबार दिक्तेलबजारको भवनगैरास्थित श्रेष्ठ होटलमा भएको बधाई तथा शुभकामना कार्यक्रममा खोटाङबाट प्रतिनिधिसभा बिजयी उम्मेद्वार नेकपा एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क) एमालेका राजन राई र प्रदेशसभा (ख) नेकपा माओवादी केन्द्रका बिजयी उम्मेद्वार राम कुमार राई (पासाङ)लाई प्रेस सेन्टर र प्रेस चौतारी तथा अन्य सञ्चार माध्यममा आबद्ध पत्रकार, सञ्चारकर्मी, राजनीतिक दल लगायतले बधाई तथा शुभकामना दिएको हो ।

     

    निर्वाचित जनप्रतिनिधिलाई सांकेतिक बधाईपत्र दिईएको छ । त्यस पत्रको बिचमा जिल्लाको सादा नक्सा रहेको छ । जिल्लाको भाग्य, भविष्य निर्माण गर्दै बिकास र संमृद्धिको रंग भरुंन भन्ने सांकेतिक उद्देश्यले शुभकामनासहित बधाईपत्र दिईएको प्रेस सेन्टर खोटाङका अध्यक्ष सुर्य तामाङले बताउनुभयो ।

     

    कार्यक्रममा बोल्दै निर्वाचित जनप्रतिनिधिले जिल्लामा रहेका छापा र बिधुतिय सञ्चार माध्यमलाई चुस्तदुस्त बनाउनका लागि आफ्नो कार्यकालभित्र सहयोग निरन्तर रहने बताएका छन् । पत्रकार तथा सञ्चारकर्मीको सल्लाह सुझावलाई मनन् गर्दै जिल्लालाई संमृद्धि बनाउने जनाएका छन् ।

     

    गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) एमालेका उम्मेद्वार राजन राइले १८ हजार ९ सय ३३, प्रदेशसभा (ख) नेकपा माओवादी केन्द्रका उम्मेद्वार राम कुमार राईले १८ हजार ३ सय ७२ मत पाएको थियो । प्रतिनिधिसभा उम्मेद्वार तथा नेकपा एमालेका निवर्तमान सभासद बिशाल भट्टराईले ३७ हजार ८ सय ३७ मत ल्याउनुभएको थियो । भट्टराईले पुर्वाञ्चलकै पपुलर मत ल्याएका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology