मंसीर २३ काठमाण्डौं । एमाले र माओवादीको मिलनबाट बनेको बाम गठबन्धनले भारी बहुमत ल्याउने पक्का भए पछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्न थालिएको छ ।
माओवादीकै सहयोगका कारण अघिल्लो पटक प्रधानमन्त्री बनेका ओली चर्चा र विवादमा रहे । उनको उखान टुक्काको व्यापक विरोध हुने गरेको थियो ।
अब झापामा ओलीले चुनाव जीत्ने पक्का पक्की भएको छ भने देशभरबाट काग्रेस पाखा लाग्ने निश्चित भए पछि अब एमालेले सरकारको सपना देख्न थालेको छ ।
एमाले नेता अग्नी खरेलले केपी ओली नै प्रधानमन्त्री हुने जिकिर गरेका छन् ।
पार्टी भित्र माधव कुमार नेपाल समेत आकाक्षी भएर बसेका छन् भने बामदेव गौतम र झलनाथ खनालले पनि मुख मिठ्याईरहेको एक एमाले नेताले दावी गरे ।
झलनाथ खनालले पार्टी भित्र एक दर्जन जति प्रधानमन्त्री बन्ने योग्यता भएको व्यक्ति भएकाले कोही एक जना बन्ने बताएका थिए भने माधव नेपालले पनि उमेर , क्षमता भएकाले कार्यकारी भुमिकामा आउने जिकिर यस अघि सार्वजनिक गरेका थिए ।
भित्र भित्रै बामदेव गौतम पनि अब प्रधानमन्त्रीमा अरुको पालो पुगेकाले आफू हुन पाउनु पर्ने अनौपचारीक लविगंमा लागेको बुझिएको छ ।
अब प्रधानमन्त्री प्रचण्डको हातमा भने नआउने लगभग निश्चित भएको छ । माओवादी दोस्रो या तेस्रो भए पनि एमालेले करीब एकल बहुमतको नजिक पुग्ने भएकाले उ बाहेक अरुको सरकार बनाउन कठिन हुने देखिएको छ ।
यस्तोमा केपी ओली प्रमुख दावेदार देखिएका छन् ।
@mirmireonline
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology