काठमाडौं मंसिर २२ ।
गत मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाको क्रम जारी छ ।
मुलुकभर चार दिनभित्र प्रतिनिधिसभा र आठ दिनभित्र समानुपातिकतर्फको मतपरिणाम आउने गरी काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
देशभर नै शान्तिपूर्ण रुपमा मतगणना भईरहेको आयोगको भनाई छ । तारको जाली बाहिर दलका प्रतिनिधि, जालीभित्र मतगणना गर्ने व्यक्ति राखेर मतगणना गरिदै छ ।
हाल मतगणना भईरहेको प्रतिनिधिसभाको ८० स्थानमा नेकपा एमालेले पाँच, माओवादी केन्द्रले १ र स्वतन्त्रले १ एक स्थानमा जित हात पारेको छ । त्यसैगरी एमालेले ३८, माओवादी केन्द्रले २१, नेपाली कांग्रेसले ८ र अन्यले ६ वटा क्षेत्रमा आग्रता लिएको छ ।
त्यसैगरी प्रदेशसभाको ९० क्षेत्रको मतगणनामा एमालेले ६, माओवादी केन्द्रले ३, कांग्रेसले २ र स्वतन्त्रले १ क्षेत्रमा विजय हाँसिल गरेका छन् ।
त्यस्तै प्रदेशसभामा एमालेले ३८, माओवादी केन्द्रले २५, नेपाली कांग्रेसले ८ र अन्यले ७ स्थानमा आग्रता लिएको छ ।
हालसम्मको मतपरिणम अनुसार प्रतिनिधिसभा सदस्य तर्फ नेपाली काग्रेसले खाता खोलेको छैन ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology