चिसाङ शेर्पा मंसिर/१६ खोटाङ,
जिल्लामा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिएको हप्तादिनको पेरीफेरीमा खोटाङका उम्मेद्वारहरु आफ्ना मतदातालाई फेसबुक तथा विभिन्न सञ्चार माध्यमबाट धन्यवाद दिदै दोश्रो चरण चुनावमा खट्न अन्य जिल्ला पुगेका छन् । खोटाङका अधिकांश शिर्षष्थ नेताहरु आफ्नो पार्टी जिताउन जिल्ला दौडाहामा निक्लिएका हुन् ।
नेकपा एमाले खोटाङका निवर्तमान सभासद तथा बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार बिशाल भट्टराई पार्टी जिताउन उदयपुर पुगेका छन् । मंसिर १४ गते उदयपुर पुगेका भट्टराई त्यहाँका राजनीतिक दलसँग भोट माग्दै चुनावीसभामा व्यास्त छन् । उनी २० गते जिल्ला फर्कने छन् ।
नेपाली कांग्रेसका नेतृ तथा निवर्तमान सभासद तथा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार सरस्वती वजिमय कही कतै चुनावीसभा तथा अन्य जिल्ला गएका छैनन् । घाँटीमा ईन्फेक्सन र एलर्जीका शिकार भएकी वजिमय राजधानीमा उपचार गराईरहेकी छन । सफल उपचार गरेर बुधवार जिल्ला फर्कने बताउनुभयो ।

नयाँ शक्ति पार्टी खोटाङका प्रतिनिधिसभाका उम्मेद्वार मदन राइ चुनाबताका देखी निमोनियाले ग्रसित भएपछि हालसम्म काठमाण्डौमा उपचार गराईरहेका छन् । खोटाङको हकमा पे्रmस तथा पाको नेताका रुपमा परिचित कृषिविज्ञ राई मंसिर २१/२२ मा एकदिन खोटाङ आउने बताउनुभयो ।
संघिय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा उम्मेद्वार डाः कृष्ण कुमार राई जिल्लामा चुनाव सकेको २ दिनपछि पार्टीलाई सघाउँन सुनसरीस्थित धरान पुगेका थिए । पार्टीलाई चारदिन सघाएर शनिवार काठमाण्डौ फर्केका राई चाँडै जिल्ला फर्कने बताए ।
चुनावीसभालाई सघाउनका लागि नेपाली कांग्रेसका नेता, प्रदेशसभा (क) का उम्मेद्वार सुवास कुमार श्रेष्ठ मोरङ, प्रदेशसभा (ख) का उम्मेद्वार बिष्णुकुमार राई उदयपुरमा रहेका छन् । १९ गते जिल्ला फर्कने योजना रहेको उनीहरुले बताएका छन् ।

माओवादीका नेता तथा बाम गठबन्धन प्रदेशसभा (ख) का उम्मेद्वार राम कुमार राई (पासाङ) उदयपुर, एमालेका नेता तथा प्रदेशसभा (क) का उम्मेद्वार राजन राई ईलाममा सकेर मोरङमा छन् । आगामी मंगलवार जिल्ला फर्कदैछन् ।

संघिय समाजवादी फोरम नेपालका प्रदेशसभा (क) का उम्मेद्वार नबिन राई ४ दिनदेखी धरानमा रहेका छन् । आफ्नो पार्टीलाई सघाउन त्यहाँ पुगेका राई २१ गते जिल्ला आउने बताए । प्रदेशसभा (ख) का उम्मेद्वार टंक थापा जिल्लामा नै रहेका छन् ।
गत मंसिर १० गते ३२ जिल्ला र आगामी मंसिर २१ गते ४५ जिल्लामा प्रतिनिधि र प्रदेशसभाको चुनाव संकिएपछि नेपालभर एकसाथ भोट गणना हुनेछ । पार्टीका उम्मेद्वार, कार्यकर्ता, सरोकारवाला चुनाव कसले जित्ने भनेर ब्यग्र प्रतिक्षामा रहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology