• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तुलसीपुरमा बम विष्फोट, प्रहरीसहित आठ घाइते

तुलसीपुरमा बम विष्फोट, प्रहरीसहित आठ घाइते


समायोजन खबर
  • मंगलबार, मंसिर १२ २०७४

  • दाङ, मंसिर १२ – दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ को घलाइनमा बम बिस्फोट हुँदा एकजना म्यादी प्रहरीसहित ८ जना घाइते भएका छन् । मोटरसाइकलमा आएका नचिनेका व्यक्तिले फालेको ग्रिनेट बिस्फोट हुँदा एकजना म्यादी प्रहरी र तीनजना महिलासहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका १८ का विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ का देवाकुमारी विसी,  सल्यान धोरचौर गाउँपालिकाका नरपति बुढाथोकी, दाङको बबई गाउँपालिकाका नेवबहादुर खत्री, दाङ शान्तिनगर २ का हिमलाल रामजाली, तुलसीपुर वडा नम्बर ७ की जेनी बिसी, तुलसीपुरकी सुनिता चौधरी  र बिनोद चौधरी छन् ।

    घाइते ४ जनालाई उपचारका लागि नेपालगंज लगिएको छ भने अरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । कांग्रेसको चुनावी सभाभन्दा ५ सय मिटर टाढा बम बिस्फोट भएको हो

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology