• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दुई नगर, आठ गाउँपालिकाको मतपेटिका आईपुग्यो दिक्तेल

दुई नगर, आठ गाउँपालिकाको मतपेटिका आईपुग्यो दिक्तेल


समायोजन खवर
  • मंगलबार, मंसिर १२ २०७४

  • समायोजन खवर मंसिर/ १२ खोटाङ,
    खोटाङका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम दिक्तेल आइपुगेको छ । जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका सबै ५३७ वटै मतपेटिका मूख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको हो । सबै मतपेटिका सुरक्षा प्रवन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

     

    दुरीका हिसावले टाढा र बिकट गाउँपालिका जन्तेढुंगा, खोटेहाङ, बराहपोखरी, केपीलास र दिप्रुङ गाउँपालिकाको मतपेटिका सोमबार राती ३ बजे दिक्तेल आइपुगेको हो । मतपेटिका बुझ्ने र बुझाउनेक्रममा आईतबार र सोमबार राती कर्मचारी र सुरक्षाकर्मी अनिदो परेका छन्

     

    दश पालिकामध्ये रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाको मतपेटिका आईतबार राती तथा लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाको विभिन्न मतदान केन्द्रको मतपेटिका सोमबार दिउँसो मूख्या निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology