समायोजन खवर मंसिर ११ खोटाङ,
खोटाङको दुई नगरपालिका र तीन गाउँपालिकाको मतपेटिका सदरमुकाम दिक्तेल ल्याइएको छ । रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाको मतदान केन्द्रको मतपेटिका सदरमुकाम आइपुगेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, बराहपोखरी गाउँपालिका, केपीलास गाउँपालिका र दिप्रुङ गाउँपालिकाको मतपेटिका आउनेक्रम जारी छ । जिल्लाका १३६ मतदानस्थलका १७९ मतदान केन्द्रका मतपेटिका सुरक्षा प्रवन्धका साथमा ट्याक्टर र बसमा राखेर दिक्तेल ल्याइँदै छ । खोटाङमा २ नगरपालिका तथा ८ गाउँपालिका रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology