१० मंसिर – प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनको मतदानको अघिल्लो रात सोलुखुम्बु नेचावाट बाम गठबन्धनका ५ कार्यकर्ता पक्राउ परेकाछन् । बिना कारण पक्राउ गरिएका ति कार्यकर्तालाई तत्काल रिहा गर्न बाम गठबन्धनले माग गरेको छ ।
बाम गठबन्धनले विज्ञप्ती जारी गर्दै निर्वाचनमा प्रहरी प्रशासनको उदासिन रहेको र कांग्रेसले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । मौन अवधी शुरु भई सकेको समयमा कांग्रेसले अराजक गतिविधी गर्दै आतंक फैलाउने काम गरेको बाम गठबन्धनले आरोप लगाएको छ ।
शनिबार मध्यरातमा हतियार ओसारपसार गरेको सूचनाका आधारमा गठबन्धनका कार्यकर्ताले गाडी नियन्त्रणमा लिँदा हतियार लिएर चालक र अन्य भाग्नुका साथै गाडीमा नै केही हतियार भेटिएको गठबन्धनको दाबी छ ।
घटना लगत्तै कांग्रेस कार्यकर्ताले ढुंगामुढा गर्न खोजेको समेत बाम गठबन्धनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । गठबन्धनका कार्यकर्ताहरुले नियन्त्रणमा लिएको हतियार प्रहरीलाई बुझाएर फर्कने क्रममा आफ्ना कार्यकर्ता पक्राउ गरिएको गठबन्धनको दाबी छ । गठबन्धनले त्रासमा नपरी मतदानमा सहभागी हुन मतदातालाई आग्रह समेत गरेको छ ।
यस बिषयमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले भने बाम गठबन्धनको आरोप निराधार भएको दाबी गरे । सोलुखुम्बु समाचारसँग कुरा गर्दै बस्नेतले कांग्रेस हतियारमा बिश्वास नगर्ने भन्दै बिरामी पुर्याएर फर्केको गाडीमा ढुंगा मुढा गरिएको आरोप लगाए ।
प्रहरी नायब उपरिक्षक रेशमबहादुर पराजुलीले भने पक्राउ परेका व्यक्तिहरुको बिषयमा अनुसन्धान चलिरहेको बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology