माओवादी पूर्व सभासद बालकृष्ण ढुंगेल माओवादी सशस्त्र द्वन्द्वकाल सम्बन्धी घटनाका कारण पक्राउ परेका छन्।
तर उनी पक्राउ परेका थिएनन्। उनलाई मंगलबार बिहान नेपाल प्रहरीको टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले पुष्टि गरे।
उनलाई मंगलबार नै सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नका निम्ति काठमाण्डू जिल्ला अदालतमा पेश गरिन लागेको पनि प्रवक्ता नेउपानेले जानकारी दिए। सर्वोच्च अदालतले सजाय सुनाएपनि उनलाई पक्राउ नगरेको भन्दै गतहप्ता प्रहरी विरुद्ध अवहेलनाको रिट दायर गरिएको थियो। ढुंगेल वि. सं २०६४ सालमा ओखलढुंगा २ बाट सभासद बनेका थिए। सभासद भएकै अवस्थामा उनलाई उक्त सजाय सुनाइएको थियो।