• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

निर्वाचन रोक्ने दुस्साहस नगर्न सरकारलाई उपेन्द्र यादवको चेतावनी

निर्वाचन रोक्ने दुस्साहस नगर्न सरकारलाई उपेन्द्र यादवको चेतावनी


समायोजन खबर
  • आइतबार, कार्तिक १२ २०७४

  • झापा १२, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन रोक्ने दुस्प्रयास नगर्न चेतावनी दिएका छन् । झापाको दमकमा बृहत् पार्टी प्रवेश तथा निर्वाचन परिचालन अभियान उद्घाटन गर्दै अध्यक्ष यादवले भने -‘अहिले सर्वोच्च अदालत गुहारेर केही शक्तिहरु निर्वाचन रोक्ने दुस्प्रयासमा लागेका छन् । मुलुक चुनावी माहोलमा प्रवेश गरिसकेको बेला निर्वाचन रोक्नु अपराध हो ।’ ससफो नेपालले संविधान स्वीकार नगरेको भन्दै यादवले संशोधन वा पूनर्लेखन कार्य गर्न पार्टीले राखेको माग कायमै रहेको जिकिर गरे ।

    अब हुने निर्वाचनले प्रतिनिधिसभा र प्रदेशसभा गठन गर्ने भएकाले पेचिलो ढङ्गले संघीयता र पहिचानको मुद्दा उठान हुने भन्दै यादवले भने -‘हामी निर्वाचनबाट जनतालाई समानता र शोषण विरुद्धको अभियानमा संलग्नता गराउने छौं ।’ देश सबैको साझा हो भन्नेहरुले जनताले पहिचान र अधिकार माग्दा गोली ठोक्नु लोकतन्त्र र मानव अधिकारकै उपहास हो भन्दै यादवले जनताले अधिकार पाउँदा देश नटुकृने दावी गरे ।

    कांग्रेस र एमालेले निजीकरणका नाउँमा सिध्याउन बाँकी राखेका मुलुकको उद्योग धन्दा माओवादीले क्षणभरमै समाप्त पारेर नेपाललाई विश्वकै गरिब बनाएको आरोप लगाउँदै यादवले अब मुलुकको समृद्धि संघीय समाजवादी फोरमले जितेपछिमात्रै सम्भव हुने जिकिर गरे । यादवले कार्यक्रमका बीच पार्टीको जिल्लास्तरीय चुनावी अभियान उद्घाटन समेत गरे । उनले राप्रपा प्रजातान्त्रिकबाट ससफो प्रवेश गरेका केन्द्रीय नेता प्रवीन चाम्लिङ लगायत ३ सय ५० बढीलाई अवीर र खदा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता प्रवीन चाम्लिङले राप्रपाको सिद्धान्त आफैमा गलत नभए पनि नेतृत्वगर्नेहरु गलत भएकाले सही मुद्दा र नेतृत्व चयन गर्ने क्रममा ससफो नेपाल सही रहेकाले आफूहरु प्रवेश गरेका बताए । पहिचान र समृद्ध मुलुक निर्माणका लागि काँधमा काँध मिलाएर लड्ने चाम्लिङले उद्घोष गरे । नवप्रवेशी प्रकाश सुवेदीले देशमा सबै जाति समुदायको अधिकार सुनिश्चित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने भएकाले रास्ट्रीय मुद्दा बोकेको पार्टीमा समाहित भएको जिकिर गरे । नवप्रवेशी पूरन राईले लिम्बुवान आन्दोलनमा लामो समय आन्दोलन गरे पनि नेतृत्व सही नभएकाले राजनीतिक भविष्य सुनिस्चित नदेखेर संघीयता र पहिचानको सही पहरेदार शक्ति ससफो नेपालमा प्रवेश गरेको बताए ।

    कार्यक्रममा पार्टी झापा जिल्ला अध्यक्ष धिरेन सुब्बा लावतीको अध्यक्षता र सचिव सुशील राईको सन्चालन रहेको थियो । राप्रपा नेता चाम्लिङसहित ३ सय ५० बढी ससफो नेपालमा प्रवेश यसैबीच राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सचिवालय सदस्य प्रवीन चाम्लिङसहित अन्य विभिन्न पार्टी परित्याग गरेर ३ सय ५० बढी ससफो नेपालमा प्रवेश गरेका छन् । राप्रपाबाट २ सय ३० बढी समाजवादीमा आएका हुन् भने लिम्बुवान मन्चबाट ४० बढी प्रवेश गरे ।

    त्यस्तै नयाँ शक्ति, माओवादी केन्द्र, एमाले, लोकतान्त्रिक फोरम, कांग्रेस समर्थिथरु ससफो नेपालमा प्रवेश गरेका लिम्बुवान प्रदेश प्रचार विभाग प्रमुख कमन देवानले जानकारी दिए । राप्रपाबाट प्रवेश गर्ने अन्यमा शिक्षक परिसद केन्द्रीय सदस्य प्रकाश सुवेदी, युवक केन्द्रीय सदस्य एवम् झापा अध्यक्ष खेमबहादुर दाहाल, मजदुर केन्द्रीय सदस्य एवम् मेची अन्चल प्रमुख कुलबहादुर लामा (अनिल), युवक झापा जिल्ला सचिव दीपक न्यौपाने, विध्यार्थी केन्द्रीय उपाध्यक्ष राजिव शंखर, केन्द्रीय सदस्य राज बोगटी, झापा जिल्ला अध्यक्ष शुनिल राई लगायत छन् । त्यस्तै लिम्बुवान मन्चबाट केन्द्रीय सदस्य पूरन राई, बिक्रम लिम्बूलगायत थिए भने नयाँ शक्तिबाट स्थानीय निर्वाचनमा उम्मेद्वार बनेका गुड्डु जैसवाल लगायत प्रवेश गरेका हुन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology