काठमाडौं, कात्तिक १ ।
नाइजेरियाबाट नेपाल ल्याइएका चिम्पान्जी, बाँदरलगायतका विभिन्न वन्यजन्तुसहित प्रहरीले ६ जना तस्करलाई मंगलबार पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं, बाँसबारीस्थित सन्जीव भारीको घरमा छापा मारी नाइजेरियाबाट ल्याइएका दुईओटा चिम्पान्जी, ८ ओटा बाँदर, ७ ओटा गोल्डन फेजन चरा, दुईओटा रिङनेट फेजन चरा, ३८ ओटा परेवा र ६६ ओटा सुगा बरामद गरेको हो ।
ब्यूरोले वन्यजन्तु र पंक्षी ओसार–प्रसार गरेको आरोपमा सन्जीव भारी, काठमाडौं, बूढानीलकन्ठ–१० कपन बस्ने बारा, डुमरवानाका भन्सार एजेन्ट राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फइम, चाँदबाबु मोहम्मद सरिफ र पाकिस्तानी नागरिक जावेद अस्लाम खानलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले ती वन्यजन्तु र पंक्षी हवाईमार्ग हुँदै त्रिभुवन विमानस्थलबाट नेपाल ल्याइएको जानकारी दिए ।
चिम्पान्जी नेपाल भित्र्याइएको यो पहिलोपटक भएको पनि प्रहरीले जनाएको छ ।
जीवितै रहेका ती चिम्पान्जी, बाँदर र पंक्षीहरु मंगलबारै काठमाडौं जिल्ला वन कार्यालयमार्फत् सदर चिडियाखाना जावलाखेलमा बुझाइएको प्रहरीले जनाएको छ ।
@imagekhabar
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology