समायेाजन खबर ३१ असेाज,काठमाडौं ।
गैर आवासिय नेपाली संघ एनआरएनए को अध्यक्षमा भवन भट्ट बिजयी भएका छन् ।
काठमाडौंमा भएको एनआरएनए आठौं विश्व सम्मेलनबाट निर्वाचन मार्फत भट्ट आगामी दुई बर्षे कार्यकालको लागि बिजयी भएका हुन् ।
निवर्तमान उपाध्यक्ष रहेका भवन भट्टले अध्यक्षका दावेदार जमुना गुरुङलाई पराजित गरेका छन् ।
गोरखामा जन्मिएका भट्ट जापानमा एनआरएनको समन्वयन समिति गठन देखि एनअराएनए जापान अध्यक्ष हुँदै एनआरएनएको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष सम्हालिसकेका भट्ट अध्यक्ष बन्न सफल भएका हुन् ।
संघको उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएका छन् । यस्तै महासचिवमा डा बर्दी केसी, सचिवमा डिबी क्षेत्री र कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भएको एनआरएनए अभियन्ता रामेश्वर शाहले जानकारी दिनुभयो ।शनिवारदेखि राजधानीमा सुरु भएको एनआरएनएको ८ औ विश्वसम्मेलनको मतदान सोमबार बेलुकादेखि सुरु भएको थियो । मतदान राती साढे ११ बजेसम्म चलेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology