• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘संगीत विद्धालय स्थापनार्थ’ मंगलवारदेखी देउसी खेलिने

‘संगीत विद्धालय स्थापनार्थ’ मंगलवारदेखी देउसी खेलिने

दिक्तेल वजारमा मंगलवार र बुधवार देउसी खेलिदै


चिसाङ शेर्पा
  • सोमबार, असोज ३० २०७४

  • चिसाङ शेर्पा असोज÷३० खोटाङ,

    खोटाङमा संगीत विद्द्यालय स्थापनार्थ तिहार लक्षित गर्दै चन्दा संकलन स्वरुप देउसी खेलिने भएको छ । जनसांस्कृतीक महासंघ नेपाल खोटाङको आयोजनामा सांस्कृतिक देउसी खेलिने भएको हो ।

    “खोटाङमा एउटा पनि संगित विद्द्यालय नहुनुले यस क्षेत्रमा लाग्न चाहाने नयाँ प्रतिभाहरु राजधानी नै जानु पर्ने वाध्यतालाई मध्यनजर गरी अभियान थालिएको श्रेष्ठले बताए ।”

    महासंघको आईतवार वसेको बैठकले सदरमुकाम दिक्तेल वजारमा असोज ३१ र कात्र्तिक १ गते देउसी खेल्ने निर्णय गरिएको जनसांस्कृतिक महासंघ खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठ जानकारी दिनुभयो ।

     

    अध्यक्ष श्रेष्ठले भने, ‘जिल्लाका संघसंस्था समाजसेवी राजनीतिक दल, कर्मचारी लगायतलाई सहभागी गराउँने तयारी गरिएको छ । नेपाली सांगितिक क्षेत्रमा खोटाङगे कलाकारहरुले महत्वपुर्ण भुमिका खेल्दै आएपनि खोटाङमा एउटा पनि संगित विद्द्यालय नहुनुले यस क्षेत्रमा लाग्न चाहाने नयाँ प्रतिभाहरु राजधानी नै जानु पर्ने वाध्यतालाई मध्यनजर गरी अभियान थालिएको श्रेष्ठले बताए ।

     

    देउसी कार्यक्रमले चन्दा मात्रै संकलन नभई आपसी मेलमिलाप, भाईचाराको सम्बन्ध समेत प्रगाढ वनाउँने भएकाले देउसी खेल्ने निर्णयमा पुगिएको महासंघको भनाई छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology