• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘समाजवादको यात्रा’ विमोचन

‘समाजवादको यात्रा’ विमोचन

संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङका गतिविधीलाई प्राथमिकता


चिसाङ शेर्पा
  • बिहिबार, असोज २६ २०७४

  • चिसाङ शेर्पा असोज÷२६ खोटाङ,

    संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङको ‘समाजवादको यात्रा’ नामक वार्षिक पत्रिकाको विमोचन गरिएको छ । विहिवार दिक्क्तेलस्थित होटल व्लोसममा रुपाकोट मझुवागढी नगरपालिका पाँच लफ्याङका वडाध्यक्ष निर्मल राई र नगरपालिकाकै वडा नम्बर दशका वडाध्यक्ष मुगाधन राईले संयुक्त रुपमा पत्रिकाको विमोचन गरेका हुन् । विमोचनसंगै प्रथम चरणमा जिल्लामा पत्रिकाको प्रकाशन शुरु भएको छ ।

    खम्बुले भने  “पत्रिकाले विशेषत :संघिय समाजवाद शिक्षा भनेको के हो ? यसका वैचारिक ज्ञानहरु के–के हुन् भन्ने वारेमा प्रष्ट पार्न तथा मुलुकलाई समाजवादको वाटोमा डो¥याउन मद्दत गर्छ ।”

    पत्रिकामा रविन्द्र राई सम्पादक, फनिन्द्र राई कार्यकारी सम्पादक, गोमा राई, हेमकुमार राई र कविता राई सह– सम्पादकमा रहेका छन् । व्यवस्थापकमा आस्ना राई (संगीता) अनिशा राई, राजेश राई, अरुणा रानामगर र विश्वचन्द्र राई तथा विजय राई अतिथि सम्पादक रहेका छन् ।

     

    संघिय समाजवादी फोरम नेपाल खोटाङको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम नेपालको अथक प्रयास तथा सहयोगी, शुभेच्छुकको सहयोगमा समाजवादी विधार्थी फोरम खोटाङको मुखपत्र प्रकाशन शुरु गरिएको प्रधान सम्पादक तथा समाजवादी विधार्थी फोरम नेपाल जिल्ला समिति खोटाङका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुले बताउनुभयो ।’ खम्बुले भने ‘पत्रिकाले विशेषत :संघिय समाजवाद शिक्षा भनेको के हो ? यसका वैचारिक ज्ञानहरु के–के हुन् भन्ने वारेमा प्रष्ट पार्न तथा मुलुकलाई समाजवादको वाटोमा डो¥याउन मद्दत गर्छ ।

     

    संघिय समाजवादी विधार्थी फोरम नेपाल खोटाङको गतिविधीलाई प्राथमिकतामा राखी प्रकाशन गरिने पत्रिकाको शुरुवाती अंकमा संघिय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, भीम राई, दान बहादुर विश्वकर्मा, राधा तिमिल्सिना, विवेक राई, ध्यान बहादुर राई, वरिष्ठ साहित्यकार राजन मुकारुङ, टंक बहादुर थापा, निर्मल राई तथा संगीता राईका राजनीतिक विश्लेषणात्मक लेख, सांगठनिक गतिविधि, व्यतmी परिचयजस्ता लेखहरु प्रकाशित भएका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology