चिसाङ शेर्पा भदौ÷२७ खोटाङ,
गत असार ९ गते मुटुको भल्व अपरेशन गरेका रुपाकोट मझुवागढी नगरपालिका नुनथलाका १३ हांवुका शोभा राईको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ । शोभाको मुटुको एउटा भल्ब रिप्लेसमेण्ट र दुईवटा भल्व अपरेशनको माध्यमवाट सफा गरिएकोे थियो । सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंमा सफलतापुर्वक भएको अपरेशनले उनलाई अहिले नयाँ जिवन खुशी खोज्ने मौका मिलेको छ ।
रुपाकोट मझुवागढी नगरपालिकाको साविक दोर्पा चिउरीडाडाँ ९ माईती तथा नुनथला ३ हांवुमा विवाहगरी झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाको विवाह भएको तीनवर्षपछि हातखुट्टा सुन्निने, खोकी लाग्ने, वान्ता आउँने तथा खानामा अरुचिजस्ता समस्या देखापर्दै गएपछि झापाको दमकस्थित आम्दा अस्पतालमा प्रसुती गराउँन पुग्दा मुटुमा समस्या भएको त्यहाँका चिकित्सकले बताएको थियो । धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुटुका केही भल्वहरुमा समस्या हुनसक्ने बताएपछि सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंले उनको मुटुको एकवटा भल्व ड्यामेज र दुईवटा आशिंकरुपमा काम चलाउ रहेको पत्ता लगाएको थियो ।
तत्पश्चात, सञ्चार माध्यममा उनको समाचार सार्वजनिक भएपछि तीन महिनाको अवधिमा ९ विदेशी मुलुकवाट १० लाख ९ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोग मिलेपछि शोभाले मुटुको अपरेशन गरेका थिए । प्रवासवाट मिलेको सहयोगले मुटुको अपरेशन गराएका शोभा अहिले झापाको धुलावारीमा ३ वर्षको छोरासंग दिन विताई रहेका छन् । समायोजन खवर अनलाईनसंग कुरा गर्दै उनले भने ‘मिडिया के हो अहिले महशुस गर्दैछु, सायद मिडिया नभएको भए, म अहिले तपाईसंग कुरा गरीरहेको हुन्न थिए । मेरो छोरा यो गौंदमा रमाउँन पाउँदैन थिए ।
’
शोभाको आउने असोज ९ गते अपरेशन गरेको तीन महिना पुरा हुंदैछ । तीन महिनापछि पुन ः चेकिङ गनुपर्ने डाक्टरको सल्लाह बमोजिम आईसिओ, ईसिजी, एक्सरे र ब्लड चेकिङ गर्नुपर्ने हुन्छ । काठमाण्डौ जाने तयारी गरिरहेका राईलाई अपरेशनको असर अझै छ । खोक्दा तथा धेरै हिंड्दा सिलाई गरेको ठाउँमा दुख्ने गरेको शोभाले सुनाईन् ।
अघिपछि गरेर प्रवासवाट प्राप्त भएको १० दश लाख ९ हजार ४ सय ५६ मध्ये अपरेशनमा ४ लाख खर्च भएको थियो । सहकारी वैंकमा रहेको शोभाको खातामा अव साँढे ५ लाख पैसा रहेको छ । ३÷३ महिनामा काठमाण्डौ चेकअपका लागि गईरहनुपर्ने र औषधी खाईरहनुपर्ने अवस्था रहेको उनले बताईन् । सामान्य ब्लड चेक भने, झापामै गराईरहेको र धेरै मात्रामा स्वास्थ्यमा सुधार आएको साउदीवाट शोभाका श्रीमान दिपेन्द्र राईले बताए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology