• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आज जालपा माविको सन्ताउन्नौ जन्मोत्सवको दोस्रो दिन, विविध कार्यक्रम हुंदै

आज जालपा माविको सन्ताउन्नौ जन्मोत्सवको दोस्रो दिन, विविध कार्यक्रम हुंदै

बुधवार जालपा माविको स्मारिका विमोचन


चिसाङ शेर्पा
  • बिहिबार, भाद्र २२ २०७४

  •  

    चिसाङ शेर्पा भदौ÷२२ खोटाङ,

    खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ वार्षिक जन्मोत्सव बुधवारदेखी सुरु भएको छ । ५६ वर्ष पुरा गरेको अवसरमा विद्धालयले हिजोवाट विविध कार्यक्रमको आयोजनागरी जन्मोत्सव मनाउन थालेको हो ।
    जालपा माविको प्राङगणमा सुरु भएको कार्यक्रममा विधालयको स्मारिका विमोचन, विद्धालयवाट गत वर्षको एसइई परिक्षामा २.४० जिपिए ल्याउन सफल विधार्थी करिश्मा तामाङलाई सम्मान गरिएको छ । जालपा मा.वि नुनथलाको ऐतिहासिक परिचयदेखी हालसम्मका विषयवस्तु समेटिएको स्मारिका जन्मोत्सव कार्यक्रमका प्रमुख अतिथी तथा रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष भीम राईले विमोचन गर्नुभएको हो ।

     

    गत वर्षवाट सञ्चालित साविक महुरे १ का ‘कर्ण वहादुर राई अक्षय कोष’को १ लाख ५ हजार ५ सय ५५ सावाँवाट आएको व्याज रकमले विधालयमा सर्वोत्कृष्ट एसइई परिक्षामा जिपिए अंक ल्याउन सफल करिश्मा तामाङको अनुपस्थितीमा उहाँका आमालाई नगद ३ हजार ५ सय र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । ‘कर्ण वहादुर राई अक्षय कोष’का उपाध्यक्ष तथा रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले उहाँलाई सम्मान गर्नुभएको थियो ।

    “गत वर्षवाट सञ्चालित साविक महुरे १ का ‘कर्ण वहादुर राई अक्षय कोष’को १ लाख ५ हजार ५ सय ५५ सावाँवाट आएको व्याज रकमले विधालयमा सर्वोत्कृष्ट एसइई परिक्षामा जिपिए अंक ल्याउन सफल करिश्मा तामाङको अनुपस्थितीमा उहाँका आमालाई नगद ३ हजार ५ सय र सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।”

    विधालय व्यवस्थापन समितीका अध्यक्ष धनकुमार राईको अध्यक्षतामा समापन भएको बुधवारको कार्यक्रममा विधालयका प्रधानाध्यापक धनकुमार तामाङ, प्रमुख अतिथी तथा वडाध्यक्ष भीम राई, नेपाली काग्रेस नुनथलाका पार्टी सभापती जगविर तामाङ, नेकपा एमालेका पार्टी अध्यक्ष गजेन्द्र राई, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष भगेश्वर राईले विधालयको शैक्षिक सुधारका वारेमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा शिक्षक, वडासदस्य, स्वास्थ्य चौकी नुनथलाका प्रमुख, प्रहरी चौकीका प्रमुख, बुद्धिजिवी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

     

    ३ दिन सञ्चालन हुने कार्यक्रम अन्तरगत विहीवार विद्धालयका विधार्थीहरुका लागि दौड, हाईजम, लङजम, त्रिपल जम्प हुनेछ । कार्यक्रमको अन्तिम दिन शुक्रवार नुनथलाभित्रका आधारभुत तह कक्षा १ देखी ५ सम्मका विधालयका लागि हाजिरीजवाफ प्रतियोगिता र अन्तर सदन सामुहिक नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण गरेर जन्मोत्सव कार्यक्रम समापन गरिने प्रधानाध्यापक तामाङले बताए ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology