मोरङ (रतुवामाई) २०, भाद्र । संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी युवा फोरम नेपालले दुई सय जना बाढीपीडित विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । रतुवामाई नगरपालिका वडा नं. ५, लारीकट्टामा एक सय जना विद्यार्थी र रतुवामाई ६, कादुपाडा सरस्वती माविका एक सय जना विद्यार्थीहरुलाई दुई सय थान विद्यार्थी पोशाक वितरण गरिएको हो ।
मंगलबार लारीकट्टा र कादुपाडामा दुई छुट्टाछुट्टै आयोजित कार्यक्रममा युवा फोरमले सत्तरी हजार बराबरको राहत सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको छ । यसका साथै रतुवामाईस्थित सिद्धकाली माविका विद्यार्थीहरुलाई पनि शैक्षिक पोशाक बाढिएको छ ।
नेपाली संघीय समाज जापानले बाढीपीडितका लागि ७० हजार नेपाल पठाएको थियो, जसलाई समाजवादी युवा फोरमले रतुवामाईको दुई वटा विद्यालयमा सो रकम बराबरको राहत सामाग्री वितरण गरेको हो ।
सोही कार्यक्रममा स्थानीय समाजसेवी दीपक वाग्लेले विद्यालयको मञ्च निर्माणका लागि दुई लाखको चेक हस्तान्तरण गरेका थिए । राहत वितरण कार्यक्रममा युवा फोरमका उपमहासचिव दुर्गामणि सुवेदी, युवा फोरमका केन्द्रीय सदस्य रामेश्वर पराजुली, राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघका महासचिव अर्जुन लम्साल, समाजसेवी सन्तोष ढुंगानाको उपस्थिति रहेको थियो ।
त्यस्तै, वडा अध्यक्ष एवं कादुवाडा सरस्वती माविका अध्यक्ष तुलाराम लुइँटेल, इप्रका प्रमुख, सौडा बहुमुखि क्याम्पसका प्रमुख भरतमणि कार्कीको पनि सहभागिता थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology