• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सडक विभागको लापारवाहीले वनको १० रोपनी जग्गामा क्षती (फोटो फिचर)

सडक विभागको लापारवाहीले वनको १० रोपनी जग्गामा क्षती (फोटो फिचर)

ढुंगा निकाल्न मापदण्ड विपरीत वनको जग्गा भत्काईएकै हो, अध्यक्ष तामाङ


चिसाङ शेर्पा
  • सोमबार, भाद्र १९ २०७४

  • भदौ÷१९ खोटाङ,

    स्तरोन्नती भईरहेको खोटाङको राष्ट्रिय सडकमा वेस राख्नका लागि वनको जग्गामा ठेकेदार कम्पनीले खोतली, खोतली ढुंगा निकाल्दा वनको १० रोपनी जग्गामा पहिरो तथा भुक्षयको खतरा वढेको छ । मध्यपहाडी लोकमार्गको विजुले – हुर्लुङसम्म १२ किलोमिटर सडक खण्डको नुनथला पानीट्याङकी भञ्ज्याङदेखी हुर्लुङसम्मको सडकमा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले सामुदायिक वनसंगको सम्झौतालाई तोड्दै मापदण्ड विपरीत ढुंगा, रोडाका लागि अत्याधिक सडक भत्काईएपछि हुर्लुङपाखा सामुदायिक वनको जग्गामा ठूलो क्षति भएको हो ।


    १ सय ३५ घरधुरी उपभोतmा रहेको सामुदायिक वनको ३९. ६० हेक्टर जग्गा रहेको छ । १ देखी ४ नम्बर व्लक रहेको वनको १ नम्बर व्लक अन्तरगत १० रोपनी जग्गा सडक विभागको एकलौटी शासनले नष्ट भएकोे हुर्लङपाखा सामुदायिक वनका अध्यक्ष टिकाराम तामाङले बताए । जिल्ला वन कार्यलयको निर्देशन र सामुदायिक वनको निर्णयमा सडकका लागि ५ सय रुख काट्न दिएको थियो । काटिएको ५ सयमा पुनः बृक्षरोपनका लागि आवाश्यक रकम वन कार्यलयले दिने शर्त हुंदा अहिलेसम्म ४५ वटा रुख वढी काटिएको छ ।


    विकाससंगै विनास स्वभाविक हुने भए पनि यस क्षेत्रमा ढुङा धेरै निकाल्न पुरानो सडकको माथीमाथीको ढिस्को र भित्ता भत्काउदा वनमा घाँसदाउरा गर्न खतरा रहेको नुनथला १३ का वडासदस्य ढकराज शेर्पाले बताए । शेर्पाका अनुसार सडकमुनी ढुंगामुढा थुप्रिएको छ । २ खानेपानी मुहान, एक सार्वजनिक वाटो, १ सिंचाई मुहानमा ढुंगाहरु बग्रोल्ती थुप्रिएको छ ।


    मध्यपहाडी लोकमार्गमा नाली बाहेक सवा ५ मिटर कालोपत्रे १ मिटर ग्राभेलसहित सवा ६ मिटर सडकको डिजाईन हो । सामुदायिक वन र सडक विभागको निर्णयमा वन क्षेत्रमा ८ मिटर सडक खन्ने निर्णय भएको थियो । निर्णयलाई वेवास्तागरी सडक विभागले उतm क्षेत्रमा २२, २६ र ३५ मिटर सडक खनेको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology