• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यसरी वन्छ ‘मिरमिरे जल’

यसरी वन्छ ‘मिरमिरे जल’

उधोगलाई यस्तो छ समस्या


चिसाङ शेर्पा
  • आइतबार, भाद्र १८ २०७४

  • भदौ १८ खोटाङ,
    खोटाङका होटल, कार्यलय र घरहरुमा पछिल्लो अवस्थामा ‘मिरमिरे जल’ मिनिरल वाटर प्रशस्त पाईन्छ । रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल २ वातल हुर्लुङमा प्रशोधित हुने पानीको प्रयोग गरेमा पानीजन्य रोगहरुवाट वच्न सजिलै सकिन्छ । ७० प्रतिशत पानी सम्बन्धीका रोगवाट सुरक्षित राख्ने मिनिरल वाटर प्रति कार्टुन २ सय रुपैयाँमा खोटाङका विभिन्न स्थानमा ठूलो मात्रामा विक्री वितरण हुन्छ । कार्टुनमा १ लिटरवाला १२ वोतल पानी रहेको हुन्छ ।

    खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा प्रशोधित मिरमिरे जल हामीले पिएका मात्रै छौ तर ! कसरी वन्छ भन्ने बुझेका छैनौ । दिक्तेल, हलेसी, जयरामघाट मुख्य व्यापरिक केन्द्र रहेको पानी उधोगमा रहेका मेसिनमा विभिन्न चरण पुरा गरेर शुद्ध पानी वन्ने गर्दछ । प्राकृतिक मुहानवाट ट्याङकीमा जम्मा हुने पानी रवर पम्पमा जाने गर्दछ । पहिलो चरणको फिल्टर गर्ने काम स्याण्ड भेजल मेसिनले गरेपछि कार्वन भेजलमा गएर पुन  फिल्टरगरी सफ्टनर भेजल मेसिनमा पठाउँने काम गर्ने खोटाङ अक्वा मिनिरल वाटर उधोगका प्रोपाईटर फुर्वा शेर्पाले जानकारी दिए ।


    शेर्पाका अनुसार सफ्टनर भेजलमा आईसकेपछि नै पानी पिउनयोग्य हुन्छ । व्लु हाउजिङमा फिल्टर भएर आरओ सिष्टममा हुंदै आएको पानी २ वटा मेम्व्रेनमा जाने गर्दछ । मेम्व्रेन मेसिनले पुर्णतया शुद्ध बनाई सफा र फोहोर पानी छुट्याउने गर्दछ । छुटिएको सफा पानी युभि मेसिन (अल्ट्रा भाईलेण्ट) मा जाने र त्यसपछि ओजन आईजेसन दिने काम गरिन्छ । यसैगरी एसएस ट्याङकीमा जम्मा भएको शुद्ध पानी वोतलमा भर्ने काम हुन्छ । १ लिटर भरिएको पानीको वोतलमा लेभललिङ र कार्टुनमा प्याकगरी ¥यापिङ गरेपछि पानी तयार हुन्छ ।

    कसरी वन्छ वोतल

    खोटाङकै ईतिहासमा खोटाङ अक्वा मिनिरल वाटर उधोगद्धारा उत्पादित ‘मिरमिरे जल’ सप्लाईका लागि आवाश्यक वोतलसमेत उधोगमा बन्ने गर्दछ । लेभल वाहेक काठमाडौ पाटनवाट प्रिफर्म (वोतलका नमुना) आयातगरी उधोगमा आवाश्यक अनुसारको वोतल बनाईने गरिन्छ ।
    उधोगको वाहिरपट्टि राखिएको कम्प्रेसरले व्लो मेसिनलाई हावा दिईरहेको हुन्छ, यता हिटर मेसिनमा प्रिफर्म तातिएको हुन्छ । तातिएको प्रिफर्म व्लो मेसिनमा राखेर वोतल फुलाउने काम गरिने मिरमिरे जलका प्रोपाईटर शेर्पाले बताए ।

    उधोगलाई यस्तो छ समस्या

    २०७१ सालमा कम्पनी दर्तागरी खोटाङ अक्वा मिनिरल वाटर उधोग सञ्चालन भईरहेका भए पनि समस्याका वावजुद काम गर्नु परेको उधोगको भनाई छ । शुद्ध पानी पिउनु भनेको निरोगी हुनु र पानीवाट सर्ने रोगको निर्मुलनगरी एक हिसावले राज्यलाई योगदान गरिएको तर राज्यवाट पाउनुपर्ने सेवा सुविधा नपाएको उधोगका सञ्चालक फुर्वाको भनाई रहेको छ ।


    उधोग सञ्चालनका लागि हाई भोल्टेज विधुत आवाश्यक हुने र विधुतका लागि पटकपटक विधुत कार्यलयलाई अनुरोध गरिए पनि सुनुवाई नभएको उहाँको भनाई छ । जेनेरेटरवाट काम चलाईरहेका उधोगका लागि दिगो विधुत पहल गरिदिन प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलसमक्ष अनुरोध गरिएको र उहाँले लिखितरुपमा विधुत कार्यलयलाई पत्रचार गरेको आश्स्वसन दिनु भएको छ । वजारमा पानीको मागसंख्या वढ्दै जादा माग पुरा गर्न उधोगलाई ऊर्जाको अभाव हुने गरेको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology