अर्जुन लामिछाने जापान, २७ असार,टोकियो
रत्तदान जिवन दान भन्ने मुल नाराका साथ विश्व साईकल यात्रि सुरु गेरेका दुई यात्री जापान आई पुगेका छन् ।

पर्वत जिल्ला पाङग्राङ ४ का भेषराज कडेँल र झापा कंन्काईका युवराज मैनाली विभिन्न १५ देशको यात्रा पछि १६ औ देशको रुपमा जापान आई पुग्नुभएको हो । विश्वलाई रत्तदानको सन्देश दिने उद्धेश्यले ६ महिना अगाडिबाट यात्रा सुरु गर्नुभएका कडेँल र मैनालिले रगतको अभावमा विश्वभर कसैले ज्यान गुमाउनुपर्ने अवस्था नआओस भन्ने आफुँहरुको उद्धेश्य भएको बताउनुभयो ।
रक्तदान जिवन दान भन्ने मुल नाराका साथ यात्रा सुरु गरेको बताउदै मैनालीले ६ महिनाको अवधिमा, भारत, श्रीलंका, बंगलादेश, माल्दीपस, म्यानमार, भियतनाम, कम्बोडिया, लावोस, थाईल्याड, मलेसिया, सिंगापुर, बु्रनाई, इन्डोनेसिया, फिलिपिन्स, ताईवानको सफल यात्रा गरेको बताउनुभयो । रक्तदान पछि दान गर्ने व्यक्ति कमजोर हुन्छ भन्ने मानसिकता रहेको बताउदै २५ पटक रक्तदान गरीसकेका मैलालीले भन्नुभयो ।रक्तदानका बारेमा रहेका भ्रम चिर्नका लागि समेत विश्व साईकल यात्रा फलदाई हुने छ । ६ महिनाको अवधिमा १६ देशको यात्रा गरि सक्नु भएका उहाँहरुले ५ वर्षको अवधिमा १ सय ५० दैशको यात्रा गर्ने योजना रहेको साईकल यात्रि कडेँलले बताउनुभयो ।
विश्व साईकल यात्रा सुरु गर्नु पुर्व नेपालका अधिकांश जिल्लाका साईकल बाट यात्रा गरिसकेको उहाँहरुको भनाई रहेको छ । साईकल यात्राको प्रमुख उद्धेश्य रत्तदान रहेपनि यात्राका क्रममा बुद्धको देशमा भ्रमणका लागि निम्ता दिएको र देशको पर्यटन प्रद्धनमा समेत टेवा पुगोस भन्ने आफुँहरुको चाहाना रहेको बताउनुभयो ।।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology