• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भरतपुर प्रकरणमा एक साता भित्र च्यातिएका मतपत्र झिकाउन आदेश

भरतपुर प्रकरणमा एक साता भित्र च्यातिएका मतपत्र झिकाउन आदेश


समायोजन खबर
  • मंगलबार, असार ६ २०७४

  • ६ असार,असार,काठमाडौ: चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९मा पुन मतगणना गर्ने वा पुन मतदान गर्ने भन्ने बिषयमा सर्वोच्च अदालतमा शुरु भएको बहसमा च्यातिएका मतपत्र एक साता भित्र झिकाउने आदेश भएको छ ।

    कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश हरिकृष्ण कार्कीको संयुक्त इजलाशले मंगलबार त्यस्तो आदेश दिएको हो । बहसमा रिट निवेदकका तर्फबाट दुई जना वकिलले बहस गरेपछि सरकारी वकिलको धारणा लिएर इजलाशले त्यस्तो आदेश दिएको हो । इजलाशले निर्वाचन अधिकृतको कार्यालयको निर्णय पनि झिकाउने आदेश दिएको छ ।

    इजलाशमा रिट निवेदकका तर्फबाट शम्भु थापा,टिकाराम भट्टराई र हरि उप्रेतीले बहस गर्नु भएको थियो भने निर्वाचन आयोगका तर्फबाट हरिहर दाहालले बहस गर्नु भएको थियो ।

    सो वडाको मतगणना गर्दा ९० वटा मत च्यातिएको पाइएपछि निर्वाचन आयोगले पुनमतदान गराउने निर्णय गरेको थियो । यसअघि न्यायधीश चोलेन्द्र शम्सेर राणाको इजलाशले दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएमा पुनमतगणना हुनेछ भने राणाको अन्तरिम आदेशलाई खारेज गरेको अवस्थामा पुनमतदान हुनेछ ।

    निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले सर्वोच्चमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो ।

    आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ख बमोजिम मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको थियो ।

    आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

    भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको थियो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।

    दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहनुभएको थियो । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा काँग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology