• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा सार्वजनिक


समायोजन खबर
  • शुक्रबार, असार २ २०७४

  • असार २, २०७४- परीक्षा नियन्त्रण कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को नतिजा शुक्रबार सार्वजनिक गरेको छ । १० कक्षाको अन्तिम परीक्षा गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको थियो ।

    यसवर्षदेखि एसइईको नाममा नतिजा सार्वजनिक भएको हो ।  यसवर्ष पनि ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीका  अनुसार परिक्षामा सहभागि भएका ४६२१३६ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १२२८४ जनाले प्राप्त गरेका छन् ।

    यस्तै, ३.२ भन्दा माथि देखि ३.६ जीपीएमा ४२४२७ जनाले ल्याएका छन् । २.८ भन्दा माथी देखि ३.२ जीपीएमा ५०६४६ जना, २.४ भन्दा माथी देखि २.८ जीपीएमा ६१९५५ जना, २ भन्दा माथी देखि २.४ जीपीएमा९१३१४ र १.६ देखि २.४ जीपीए ल्याउने १०८४६४ छन् । १.२५ देखि १.६० सम्म ल्याउने ६४५७५ रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ११२८५ रहेका छन् ।

    परिक्षामा सामेल भएका मध्ये २१९ जनाको परिक्षा रद्ध गरिएको छ ।

    परीक्षामा सी र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको परीक्षा यही वर्ष दिन पाउने छन् । गत वर्ष दुई विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए ।

    विगतमा दुई विषयमा मात्रै मौका परीक्षा दिन पाइन्थ्यो । अब सीभन्दा क।म ग्रेड आएका विद्यार्थीले सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी भन्ने हुँदैन ।

    गत वर्षसम्म दुई विषयमा डी र ई ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेड बृद्धिको परीक्षा दिन पाउँथ्यो । ग्रेड वृद्धीका लागि पुन: परीक्षा आगामी साउन १९ देखि २६ गतेसम्म हुनेछ ।

    @ekantipur

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology