• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित

माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणना स्थगित


समायोजन खबर
  • सोमबार, जेष्ठ १५ २०७४

  • भरतपुर,१५ जेठ ।

    भरतपुर महानगरपालिकाको मतगणना स्थलमा प्रतिनिधिको रूपमा रहेका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछी मतगणना स्थगित भएको छ । मतपत्र च्त्याएर तनाव भएपछी अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राति रोकिएको छ ।

    मतपत्र चयत्ने प्रहरीले दुई माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् । ‘मतपत्र च्यातेर उनले भने, ‘त्यसपछि मतगणना स्थगित भएको छ ।’ आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको न्यौपानेले बताए एमाले उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दु:ख व्यक्त गरे ।

    ‘भावनात्मक र मनोगत लाखका विषय उठाएर मतपत्र च्यात्नेसम्मको काम भयो,’ उनले संवादादताहरुसित राति भने । उनका अनुसार सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले सुरुको वडादेखि नै पुन: मतगणना हुनुपर्ने, कम्प्युटरमा तथ्यांक व्यवस्थापनमा गढबढी भएकोलगायतका विषय उठाएर गणना भइरहेको मतपत्र च्यातेको बताए ।
    वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेको थियो । २९ वडा रहेको भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो । –

    https://youtu.be/2sJuzFFikOY

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology