उहाँले हराएको स्तम्भ पहिले कहाँ थियो त्यसको यकिन गरी छिटो भन्दा छिटो सीमा विवाद समाधानका लागि नापी कार्यालयका कर्मचारीलाई पहल गर्न आग्रहसमेत गर्नुभएको छ ।
यसै क्रममा संयोजक डा. भट्टराईले गत फागुन २६ मा पुनर्वास नगरपालिका ४, आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलको गोली लागेर सहिद हुनुभएका गोविन्द गौतमको परिवारलाई समेत भेट्नुभएको छ ।
परिवारसँगको भेटका क्रममा शहीद गौतमको परिवारले सरकारले छोराछोरीहरूलाई पढाउने व्यवस्था गर्ने प्रतिबद्धता गरेको भएता पनि अहिलेसम्म सरकारबाट केही पनि नपाएको गुनासो पोखेको छ । सहिद परिवारको गुनासो सुने पश्चात संयोजक भट्टराईले त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनुभएको छ ।
त्यस्तै फागुन २६ गतेको घटनाका घाइते टिकाराम चापागाईं र उहाँको परिवारलाईसमेत संयोजक भट्टराईले भेटघाट गर्नुभएको छ । परिवारले उहाँसँग भेटका क्रममा उपचार खर्च नपाएको गुनासो गरेको थियो । परिवारको गुनासोप्रति संयोजक भट्टराईले घाइतेको उपचार खर्च उपलब्ध गराइदिन स्थानीय प्रशासनलाई आग्रह गर्नुभएको छ । साथै उहाँले सोका लागि सरकारसमक्ष आफूले उचित पहल गर्ने आश्वासन दिनुभएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology