काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संसद्को प्रक्रियामा रहेको संविधान संशोधन विद्येयकलाई पारित गर्नुको विकल्प नभएको बताएका छन् । उनले भने, “सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाईएको हो । यसलाई पारित गर्नुपर्छ, यही वैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।”

बिहीबार रिपोर्टर्स यादवले सत्तारुढ र आफूहरुवीच भएको सहमति अनुसार नै संशोधन प्रस्ताव पारित गराउनुपर्ने बताए । उनले भने, “सहमतिको अक्षरंस अनुसार नै जानुपर्छ, संशोधन प्रस्ताव प्रक्रियामा गैसकेको छ, यसको सैद्धान्द्धिक छलफल सुरु भैसकेको छ, ७२ घण्टासम्म संशोधनको लागि समय छुट्टयाईएको छ, यही बीचमा यसलाई अनुमोदन गर्नुपर्छ, अब ढिलो गर्नुहुँदैन, समय अत्यन्तै कम छ ।”
संघीय गठबन्धनका संयोजक समेत रहेका नेता यादवले उक्त प्रस्ताव पारित नभए आफूहरुले कुनै पनि निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने, “प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं, प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन् गरेका छौं, यदि प्रस्तवा पारित हुँदैन, फेरि पनि हामीमाथि धोका हुन्छ भने हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, त्यतिवेला निर्वाचन नहुन सक्छ ।”
यादवले संविधान संशोधन नभए निर्वाचनलाई सोझै प्रभाव पर्ने समेत स्पष्ट पारे ।
उनले आफूहरुसँग भएको सहमति तथा समझदारी अनुसार सरकारले संविधान संशोधन नगरे सरकार स्वयम नै चुनाव विथोल्ने दोषी हुने बताएका छन् ।
अध्यक्ष यादवले सरकारले घोषणा गरेको दुई चरणको निर्वाचन गलत भएको बताउँदै भने, “दुई चुरणको निर्वाचन गलत हो, गलत मात्रै होईन यो अत्यन्तै गलत छ, यसले भविष्यमा नराम्रा संकेत छोड्न सक्छ, एकै चरणमा निर्वाचन गर्नु नै देशको हितमा छ, हतारो गरेर उपर्युक्त छैन् ।”
राष्ट्रिय एकतालाई बलियो बनाउनको लागि पनि एकै चरणमा निर्वाचन गर्नुपर्नेमा उनको जोड थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology