• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यकिन प्रतिवेदन नहुँदा पुनःनिर्माणमा कठिन

यकिन प्रतिवेदन नहुँदा पुनःनिर्माणमा कठिन


समायोजन खबर
  • बिहिबार, चैत्र २४ २०७३

  •  

    रसुवा, चैत २४ गते । भूकम्प गएको दुई वर्ष बित्न लाग्दा पनि हिमाली ग्रामीणवासीले अझै सहजरुपको जीवन निर्वाह गर्न पाएका छैनन् ।

    भूकम्पविद्को प्रतिवेदन अझै सार्वजनिक हुन नसक्दा विशेषगरी डाँडागाउँको करुम्राङ, हाकु तथा लाङटाङ क्षेत्रका बासिन्दा टहरोमा कष्टकर जीवन बिताउन बाध्य भएको बताउँदै रसुवा नागरिक समाजका अध्यष बाबुलाल तामाङले ती ठाउँमा बस्न उपयुक्त छ छैन जनता जान्न आतुर रहेको बताउनुभयो ।

    जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार समस्या एउटै छ– भूगर्भविद्को यकिन प्रतिवेदन, अहिलेको जटिल समस्या लाङटाङ र हाकुका बासिन्दालाई छ । गोगने तीरु क्षेत्रका बासिन्दालाई उत्तरगया गाउँपालिकाको खाल्टे भन्ने स्थानमा एकीकृत बस्तीको प्रक्रिया अगाडि बढे पनि ठूलोसानो र वेसी हाकु गाउँका तीन बस्ती र लाङटाङ क्षेत्रको भौगर्भिक प्रतिवेदन किटानी नदेखिँदा राज्यको तर्फबाट पाउने पुनःनिर्माणको रकम समेत प्रदान गर्न कठिन भएको छ ।

    आफूले लाङटाङ र हाकु क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नागरिकसँग भेटेर कुराकानी गरी छाप्रोमा कष्टकर जीवन बिताई रहेका अवस्थामा देखेकाले अब छिटोभन्दा छिटो समस्या समाधान गर्न खानी तथा भूगर्भ विभागका प्राविधिक विज्ञले जनताले बुझ्ने भाषामा यो ठाउँ ठिक, यो ठाउँ बेठिक भनी किटानी प्रतिवेदन दिनुपर्ने धारणा रहेको प्रजिअले बताउनुभयो ।

    भूकम्पपछि लाङटाङबाट विस्थापित स्वास्थ्य संस्था, विद्यालय र प्रहरी चौकी पुनःस्थापना गरिदिन स्थानीय बासिन्दाले आग्रह गरिरहेका छन् । भूगर्भविद्को प्रतिवेदन किटानी नहुँदा ती निकाय पुनःस्थापना गर्न गराउन समस्या छ । स्थानीय बासिन्दाले गैरसरकारी संस्थाको सहयोगमा आफूखुसी घर बनाएका छन् । ती घरहरु भूकम्प प्रतिरोधी नपाइएकाले प्राविधिक सुझावबाट मात्र निर्माणका कार्य अगाडि बढाउन सुझाव दिएको प्रजिअ न्यौपानेले बताउनुभयो ।

    हाकु वासीको भूस्वामित्व कायम गराउन त्यहाँका बासिन्दाले सदिऔँदेखि भोग गर्दै आएको स्वयम्भूनाथको घ्याङगुठी जग्गा गुठीसंस्थाको मापदण्डअनुरुप मोहियानी हक कायम गराउने सूचना प्रकाशित गराउन निर्देशन दिई प्रक्रिया अगाडि बढिसकेको बताउँदै प्रजिअ न्यौपानेले अब हाकुको गुठी समस्या पनि क्रमशः हल हुँदैजाने जानकारी दिनुभयो ।

    यस्तै, धुन्चेबाट पाँच घण्टाको दूरी पर रहेको हाकु क्षेत्रमा प्रशासकको हैसियतले हाकु क्षेत्रमा पुगी प्रजिअ न्यौपानेले पहिलो भ्रमण गरी गाउँवासीसँग प्रत्यक्ष भेटेर समस्या बुझ्नु भएको हाकु वेसीका स्थानीय बासिन्दा कामी छिरिङ तामाङले बताउनुभयो ।

    धुन्चेमा सदरमुकाम स्थापनापश्चात ५१ वर्षको दौरानमा पहिलोपटक प्रशासक गाउँमा भेट्न पाउँदा गाउँवासी हर्षविभोर भएको र अब राज्यका निकाय हाकु केन्द्रित हुनेमा आशावादी रहेको स्थानीय बासिन्दाले बताए । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology