• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कम्यूनिष्ट नेता एबं प्रधानमन्त्रीले भने, बुद्ध दर्शन विश्वभर फैलिएको छ

कम्यूनिष्ट नेता एबं प्रधानमन्त्रीले भने, बुद्ध दर्शन विश्वभर फैलिएको छ


समायोजन खबर
  • बुधबार, चैत्र ९ २०७३

  • newsabhiyan

    काठमाडौँ, ९चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि बुद्ध दर्शनको धेरै ठूलो महत्व रहेको बताउँदै नेपाल र संसारभर शान्ति कायम गर्न बुद्ध धर्म र दर्शनको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा हिजेा देशका विभिन्न गुम्बाबाट आएका बौद्ध लामा गुरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

    उक्त अवसरमा प्रधानमन्त्रीले नेपाल धर्म निरपेक्ष राज्य भएको स्पष्ट पार्दै यहाँ सबै धर्म, संस्कृति र आस्थाप्रति राज्यको सम्मान रहेको छ भन्नुभयो ।

    उहाँले नेपालमा जन्मिएका गौतम बुद्धले विकास गरेको बुद्ध दर्शन अहिले विश्वभर फैलिएको बताउँदै शान्ति, सद्भाव र भाइचारा सम्बन्ध प्रवद्र्धन गर्न यसको धेरै ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

    प्रधानमन्त्रीले धार्मिक पर्यटनका माध्यमबाट देशको समृद्धिमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै बुद्ध दर्शनको विस्तार र विकासका पक्षमा आफूले सक्दो योगदान पु¥याउने बताउनुभएको थियो ।

    भेटमा बौद्ध दर्शन प्रबन्ध तथा गुम्बा विकास समितिका पदाधिकारी, देशका विभिन्न गुम्बाका २७ जना बौद्ध लामा गुरुसमेतको सहभागिता थियो ।

    सो क्रममा गुम्बा विकास समितिले देशका गुम्बाको पुनःनिर्माण र मर्मतका लागि प्रधानमन्त्रीसँग बजेटको माग गरेको थियो । प्रधानमन्त्रीले सरकारका तर्फबाट आवश्यक बजेटको व्यवस्था गरिने जानकारी दिनुभएको थियो । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology