• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै

तराईमा आज होली, हर्षोल्लासपूर्वक मनाइँदै


समायोजन खबर
  • सोमबार, फाल्गुन ३० २०७३

  • ३० फागुन, काठमाडौं ।

    देशको तराई/मधेस क्षेत्रमा आज धुमधामका साथ फागु पूणिर्मा अर्थात् होली मनाइँदैछ । आइतबार देशका पहाडी जिल्लाहरुमा मनाइएको होली पर्व आज तराईका जिल्लाहरुमा रंग र अबिर छ्यापाछाप गरेर मनाउन लागिएको हो ।

    सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरुमा सरकारी विदा दिएको छ । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका बासिन्दाले पनि आपसमा रंग र अबीर लगाएर होली पर्व मनाउँदैछन् । परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।

    होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्‍याउँछ । होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ ।

    यसपालि तराई मधेसका जिल्लाहरुमा आन्दोलन भइरहेकाले अघिल्ला वर्षहरुको तुलनामा यसवर्षको होली केही फिक्का हुने भएको छ ।

    होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ ।

    दैत्यराज हिरण्यकश्यपुले आˆना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरा सहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ ।

    होलीका बेला हुन सक्ने सम्भावित दुर्घटना रोक्न तराईका जिल्लाहरुमा प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology