• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा, ७ बजे सम्मका लागि निषेधित

आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा, ७ बजे सम्मका लागि निषेधित


समायोजन खबर
  • शनिबार, फाल्गुन २८ २०७३

  • धनगढी, २८ फागुन । कञ्चनपुरको पुनरवास नगरपालिका—८को आनन्द बजार क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले आज बिहान १० बजेदेखि साँझ ७ बजे सम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
    आनन्द बजार छेउको बाटोमा कल्भर्ट निर्माणको विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले बाधा अवरोध पु¥याउँदै चलाएको गोली लागेर पुनरवास नगरपालिकाका गोविन्द गौतमको विहिबार मृत्यु भएको घटनापछि उत्पन्न अशान्तिलाई मध्यनजर गरी आनन्द बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्नु परेको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताउनु भयो ।
    आनन्द बजार चोक देखि पूर्व,पश्चिम,उत्तरमा पाँच÷पाँच सय मिटर सम्म र दक्षिणमा नेपाल —भारत सीमा सम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ खनालले बताउनु भयो ।
    निषेधित क्षेत्र घोषणापछि तोकिएको क्षेत्रमा समुह बनाएर हिड्न र प्रदर्शन गर्ने लगाएतका गतिविधि गर्न पाईंदैन ।
    घटनामा मृत्यु भएका गौतमको शव परिवारले बुझेर आजै कञ्चनपुरको दोदा नदीमा अन्तिम संस्कार गर्ने तयारी गरिएको छ ।
    सरकारले गौतमलाई सहिद घोषणा गरिसकेको छ ।गौतमको शव सेती अञ्चल अस्पतालको शव गृहमा राखिएको छ । रासस

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology