• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सरकारले आजदेखि ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सुरु गर्दै

सरकारले आजदेखि ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सुरु गर्दै


समायोजन खबर
  • बुधबार, फाल्गुन २५ २०७३

  • काठमाडौँ, फागुन २५ ।मार्च ८ अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा सरकारले आज राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत देशका विभिन्न ३० जिल्लामा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।महिला बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले विभिन्न ३० जिल्लामा मन्त्रालयले महिला सशक्तिकरणका कार्यक्रम सञ्चालनको आजै शुभारम्भ गर्ने बताउनु भयो ।उहाँले महिलालाई नेतृत्व तहमा पुगेर मात्रै हुँदैन, सीप र रोजगारीसँगै पहुँच विस्तारमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    यस्तै , महिला आयोगका कार्यवाहक अध्यक्ष भगवती घिमिरेले विगतको तुलनामा यो पटक दिवस उत्साहपूर्ण रहेको बताउनुभयो ।
    ‘महिला नेतृत्व दुनियाँलाई देखाउनसक्ने अवस्थामा छ तर अब आर्थिक र सामाजिक समानतामा महिलालाई समेटेनुपर्छ,’ उहाँको भनाइ छ । राष्ट्रपति विद्या भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वले महिला आन्दोलनले नेपालमा सार्थक उचाइ हासिल गरेको स्पष्ट हुन्छ ।महिला अधिकारकर्मी शर्मिला कार्कीका मत अलि फरक छ । ‘नेतृत्वमा पुग्दैमा धेरै हौसिनु हुँदैन, पुरुष समान पहुँच महत्वपूर्ण कुरा हो । आन्दोलनलाई त्यस दिशातिर अग्रसर गराउनुपर्छ’, उहाँको मत छ ।
    नेपाल टे«ड युनियन काँग्रेस महिला समिति अध्यक्ष सुधा दाहाल नारा तय गरेअनुरूप वर्षभरि काम हुनुपर्ने बताउनुहुन्छ । अब समृद्धिमा महिला सहभागितातिर लाग्नुपर्ने उहाँको धारणा छ ।नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का महिला समितिका अध्यक्ष गोमा आचार्य पुरुषको बराबरी हैसियतमा महिलालाई पु¥याउने आन्दोलन अबका कार्य्दिशा भएको मत राख्नुहुन्छ ।
    अठारौँ शताब्दीमा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलालाई समान ज्याला, श्रमिक महिलाको अधिकार, काम गर्ने समयको दैनिक आठ घण्टा निर्धारण गरिनुपर्ने, हरेक कार्यस्थलमा शिशुस्याहार व्यवस्था हुनुपर्ने लगायत माग राख्दै आन्दोलन गरेका थिए ।
    ती र अन्य आन्दोलनहरूले १९१० को मार्च ८ बाट कोपनहेगनमा जम्मा भएको १७ देशमा श्रमिक महिलाले रोपेको महिला अधिकारको वृक्ष अहिले अन्तर्रा्ष्ट्रिय रूपमा झाँगिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology