धादिङ, फागुन २१
विषाक्त खाना र दूषित पानीका कारण जिल्लाको ज्यामरुङ–७, स्थित दलित बस्ती कुमाइगाउँमा झाडापखालाको प्रकोप फैलिएको छ ।
बस्तीमा मंगलबारदेखि नै झाडा–बान्ता र पखालाको प्रकोप फैलिएको हो । पानीको चरम अभाव भएको दलित गाउँमा करिब सातादिनअघि दर्जन प्लास्टिकका ड्रम राखेर खानेपानी संकलन गरिएको थियो । बस्तीका बासिन्दालाई सोही ड्रमको पानी वितरण गरिएकोमा स्थानीयमा पानीका कारण प्रकोप फैलिएको हो ।
प्रकोपबाट एकै परिवारका १८ जना बिरामी परेका छन् । बिरामी उनीहरूको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारनिम्ति लगिएको छ । बिरामी परेका अन्य कम्तीमा ४० जना भने गाउँमै पीडा खपेर बस्न बाध्य रहेको बिरामीका आफन्त नवराज मजाकोटीले बताए ।
गत बुधबार नवराजको ससुरालीमा जेठान सुरेश नेपालीका छोरा प्रकाशको क्षौर कार्यक्रम थियो । सोही कार्यक्रममा भोज खाएका स्थानीय गाउँले बिरामी परेका थिए ।
उक्त भोजको खाना खाएका सबैजसो स्थानीय बिरामी परेको बताइएको छ ।
हाल १८ जना बिरामीको उपचार भइरहेको जिल्ला अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. रसिला अमात्यले बताइन् । डाक्टर रसिलाका अनुसार बस्तीमै पुगेर उपचार गर्न स्वास्थ्यकर्मीको टोली पठाइसकिएको छ ।
उनका अनुसार विषाक्त खानाका काण गाउँलेमा झाडापखालाको प्रकोप फैलिएको हो । ज्याम्रुङको दलितलगायत अधिकांश बस्तीमा खानेपानीको चरम अभाव रहेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology