काठमाडौं, फागुन १२ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार वैशाख १६ गते उम्मेदवारी दर्ता गर्नु पर्ने छ ।
यस्तै १७ गते उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयनपत्र जाँच गर्ने, १८ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने र उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका सार्वजनिक गरिएको हो ।
यस्तै वैशाख १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरिनेछ भने ३१ गते मतदान हुनेछ । मनोनयन दर्तालगायतका काम गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा रहने निर्वाचन अधिकृतको कार्यालयमा गर्न सकिने छ ।
यस्तो छ निर्वाचन कार्यतालिका

निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याउन सरकारलाई १९ बुँदे निर्देशन
आयोगले निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याउन सरकारलाई १९ बुँदे निर्देशन जारी गरेको छ । आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन सरकारलाई मातहतका सबै निकायलाई निर्देशन दिन, चुनावको कामका लागि आयोग तथा अन्तर्गतका कार्यालयले माग गरेका कर्मचारी तुरून्त खटाउने व्यवस्था गर्न, निर्वाचन आयोग र अन्तर्गत सबै कार्यालय र निर्वाचन सामग्रीभण्डार स्थल तथा खटिने कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
यस्तै मतपत्र छपाईलगायतका काम गर्न जनक शिक्षा सामग्री केन्द्रलाई चालु अवस्थामा राख्न, स्थानीय तहको चुनावका लागि अधिकांश मतदान केन्द्र विद्यालय भवनमा हुने भएकाले २०७४ साल वैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा सञ्चालन र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology