Samayojan khabar

Advertisment

SKIP THIS

गृह जिल्ला रामेछापमा कुलमान घिसिङको भब्य स्वागत

गृह जिल्ला रामेछापमा कुलमान घिसिङको भब्य स्वागत




रामेछाप,१६ माघ । रामेछापमा जन्मीएर उपत्यकालाई लोडसेडिङमुक्त गर्नुको साथै देशलाईनै उज्यालो बनाउने अभियानमा लागको भन्दै नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाइ आज बेथान भब्य स्वागत गरीएको छ । रामेछापको बेथानमा आयोजीत नागरीक अभिनन्दन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै उनले अहिले देशको प्रमुख सहरहरुलाई लोडसेडिङ मुक्त पार्ने योजना अनुरुप क्रमशः काठमाण्डौ, पोखरा, बिराटनगरलाई लोडसेडिङमुक्त गरीसकेको बताए ।

आफु प्राधिकरण प्रमुख भएर आए सगै काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त गर्न सफल भएको भन्दै उनेले भने– “काठमाण्डौका उपभोक्ताहरुले कुलमानले चमत्कार नै गरे भने तर यो कुनै चमत्कार नभई यो त साईन्स हो, बत्ती बल्नको लागी करेन्ट चाहीन्छ र त्यो करेन्टलाई कसरी ब्यवस्थापन गर्ने भन्ने मात्र हो ।” उनले भने ।लोडसेडिङ अन्त्य गर्न आफु एक्ललै कुनै चमत्कार नगरेको उनले दाबि गरे । “सर्बप्रथम त प्रधानमन्त्री प्रचण्डले प्राधिकरण प्रमुखमा मलाई छनौट गर्नुभयो र उर्जामन्त्री जनार्दन शर्मा सहितको एउटा बलियो टिम निर्माण हुनु नै लोडसेडिङमुक्त अभियानको पहिलो सफलता हो ।” उनले भने । प्रधानमन्त्रीले बिद्युत चुहावटको सानो सानो बिषयमा पनि २४ सै घण्टा चासो राखेको भन्दै उनले यसको जस प्रधानमन्त्रीलाई समते जाने बताए ।

प्रधानमन्त्रीकै आदेश अनुसारको काम गर्दै आफुले कर्मचारीलाई परीचालन गरेको उनको भनाई छ । लोङसेडिङ अन्त्य गर्नुमा आफुलाई भरपुर साथ दिएको भन्दै उनले काठमाण्डौबासिको प्रशसां समेत गरे ।आफु रामेछापमा जन्मीएर पनि रामेछापका सम्पुर्ण गाबिसमा बिद्युतीकरण गर्न नसकेको गुनासो आउने गरेको भन्दै उनले भने–“म रामेछापबासि भए पनि अहिले सिंगो देसभरको समस्या हेर्नु परेको छ । बिजुली बाल्न बाँकी रहेका रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसकेको छ । आफ्नो जिल्लालाई भन्दा पनि देशलाई नै उल्यालो बनाउने र बिजुली माफर्त देशलाई धनी बनाउने अभियानमा म लागेको छु ।” उनले आफुले जिल्लाको लागि पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे । ‘देशकै लागि काम गर्दा जिल्ला पनि समेटिन्छ, अब रामेछापवासीले पनि अन्धकारमा बस्नु पदैन ।’ ‘कहिलेकाही लाइन सट भएर प्राविधिक कारणले पाँच दस मिनेट विद्युत जादा लोडसेडिङ भएको मान्नु हुँदैन’, घिसिङले भने । उनले सुनकोसी नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई मध्यनजर गर्दै रामेछापको राकाथुम गाविसमा स्वस्टेसन बनाउने काम अगाडि बढाएको बताउदै यस सवस्टेसन मार्फत हिमाल पहाड र तराईका क्षेत्रमा विद्युत वितरण गर्न सहज हुने योजना बनाएको बताए । आफु जाहा जादा पनी कुलमान आयो भन्दै सबैबाट सम्मान पाउने गरेको स्मरण गर्दै उनले आफु अहिले सम्म सम्मान थाप्नकै लागी काही नगएको र रामेछाप आफ्नो गृह जिल्ला भएकोले पहिलो पटक सम्मान ग्रहन गर्न आएको बताए ।

पहिलेका प्राधिकरण प्रमुखहरुले देशका केही उद्योगी ब्यवसायी सँग गोप्य रुपमा बिजुली बेच्ने गरेको रहस्य थाहा पाएको भन्दै त्यस्ता उद्योग ब्वसायबाट बिद्युत कटौती गर्दानै आज लोडसेडिङ अन्त्य गर्न सम्भब भएको बताएघिसिङले रामेछापमा जन्मीएर उपत्यकालाई लोडसेडिङमुक्त गर्नुको साथै देशलाईनै उज्यालो बनाउने अभियानमा लागको भन्दै डुह मावि डहुले उहाको सम्मान स्वरुप नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो । डहु माविका भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाबाट नागरिक अभिन्नदन गरीएको थियो । डहु मावि डहुको भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङले विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत उदघाटन गरेका थिए । -कर्मचारीलाई परीचालन गरेको उनको भनाई छ । लोङसेडिङ अन्त्य गर्नुमा आफुलाई भरपुर साथ दिएको भन्दै उनले काठमाण्डौबासिको प्रशसां समेत गरे ।आफु रामेछापमा जन्मीएर पनि रामेछापका सम्पुर्ण गाबिसमा बिद्युतीकरण गर्न नसकेको गुनासो आउने गरेको भन्दै उनले भने–“म रामेछापबासि भए पनि अहिले सिंगो देसभरको समस्या हेर्नु परेको छ । बिजुली बाल्न बाँकी रहेका रामेछापका सबै गाविसमा विद्युतीकरणको लागि बजेट विनियोजन भइसकेको छ । आफ्नो जिल्लालाई भन्दा पनि देशलाई नै उल्यालो बनाउने र बिजुली माफर्त देशलाई धनी बनाउने अभियानमा म लागेको छु ।” उनले आफुले जिल्लाको लागि पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे । ‘देशकै लागि काम गर्दा जिल्ला पनि समेटिन्छ, अब रामेछापवासीले पनि अन्धकारमा बस्नु पदैन ।’ ‘कहिलेकाही लाइन सट भएर प्राविधिक कारणले पाँच दस मिनेट विद्युत जादा लोडसेडिङ भएको मान्नु हुँदैन’, घिसिङले भने । उनले सुनकोसी नदीमा निर्माण हुने जलविद्युत आयोजनालाई मध्यनजर गर्दै रामेछापको राकाथुम गाविसमा स्वस्टेसन बनाउने काम अगाडि बढाएको बताउदै यस सवस्टेसन मार्फत हिमाल पहाड र तराईका क्षेत्रमा विद्युत वितरण गर्न सहज हुने योजना बनाएको बताए । आफु जाहा जादा पनी कुलमान आयो भन्दै सबैबाट सम्मान पाउने गरेको स्मरण गर्दै उनले आफु अहिले सम्म सम्मान थाप्नकै लागी काही नगएको र रामेछाप आफ्नो गृह जिल्ला भएकोले पहिलो पटक सम्मान ग्रहन गर्न आएको बताए ।

पहिलेका प्राधिकरण प्रमुखहरुले देशका केही उद्योगी ब्यवसायी सँग गोप्य रुपमा बिजुली बेच्ने गरेको रहस्य थाहा पाएको भन्दै त्यस्ता उद्योग ब्वसायबाट बिद्युत कटौती गर्दानै आज लोडसेडिङ अन्त्य गर्न सम्भब भएको बताएघिसिङले रामेछापमा जन्मीएर उपत्यकालाई लोडसेडिङमुक्त गर्नुको साथै देशलाईनै उज्यालो बनाउने अभियानमा लागको भन्दै डुह मावि डहुले उहाको सम्मान स्वरुप नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको थियो । डहु माविका भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङलाई विद्यालयका संस्थापक सदस्य प्रतापसिंह लामाबाट नागरिक अभिन्नदन गरीएको थियो । डहु मावि डहुको भूतपूर्व विद्यार्थी समेत रहेका घिसिङले विद्यालयमा जडान भएको इन्टरनेट र सिसी क्यामेराको समेत उदघाटन गरेका थिए ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology