Samayojan khabar

Advertisment

SKIP THIS

नेपाल-चीन सैन्य सम्बन्धबाट भारत डरायो

नेपाल-चीन सैन्य सम्बन्धबाट भारत डरायो




१३ पुस, काठमाडौं । नेपालसँग प्रायः नियमित सैन्य अभ्यास गर्दै आएको भारतले नेपाल–चीनबीच हुने भनिएको सैन्य अभ्यासको तयारीलाई भारतीय पक्षले निकै चासोका साथ लिएको छ । चीनसँगको सैन्य अभ्यासले नेपाल–भारत सम्बन्धमा असर पुर्‍याउन सक्ने भारतले आशंका व्यक्त गरेको हो ।

नेपाल–चीनबीचको सैन्य अभ्यासको तयारीलाई लिएर भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाली दूतावास र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग जिज्ञासा राखेको परराष्ट्र स्रोतले जनाएको छ।

यही प्रसंगलाई जोडेर भारतीय अखबार टाइम्स अफ इन्डियाले मंगलबारको अंकमा राजदूत उपाध्यायसँगको भनाई राखेर समाचार प्रकाशित गरेपछि भारतीय चासो प्रष्ट रुपमा सार्वजनिक भएको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

नेपालले भारतसँग वर्षौँ अघिदेखि संयुक्त सैन्य अभ्यास गर्दै आएकामा चीनसँग पनि त्यस्तै अभ्यास हुन लागेको अवस्थामा अनावश्यक प्रचार मात्र भएको नेपाली सेनाका अधिकारीहरु बताउँछन् । चिनियाँ पक्षले नेपाललाई २ महिनापछि तालिम गर्न प्रस्ताव गरेको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology