Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङमा पाँचौ वर्थिङ सेन्टर

दिप्रुङमा पाँचौ वर्थिङ सेन्टर


चिसाङ शेर्पा
  • बुधबार, असार ४ २०७६

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पाँचौ वर्थिङ सेन्टर तथा प्रसुती केन्द्रको स्थापना गरिएको छ । गर्भवती तथा सुत्केरी महिलाहरु एबंम् नवजात शिशुको जीबन रक्षाका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा वर्थिङ सेन्टर तथा प्रसुती केन्द्र स्थापना गरिएको हो ।

    शान्ती माविले उपलब्ध गराएको एक कोठा भवनमा स्थापना गरिएको वर्थिङ सेन्टर तथा प्रसुती केन्द्रको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बुधबार उदघाटन गरेका छन् । सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी र गाउँपालिकाको दुई लाख ५० हजार बजेटमा आवश्यक औषधी, उपकरणको व्यवस्थापनपछि स्थापना गरिएको वर्थिङ सेन्टरका कारण गर्भवती महिला, सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउन नपर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक मुस्ताक मोहमद मन्सुरीले जानकारी दिए ।


    गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्यका लागि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि गर्भवती महिला लाभान्वित भएका छन् । ‘यो गाउँपालिकाको पाँचौ बर्थिङ सेन्टर हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरिने छ ।’ हरेक वडामा बर्थिङ सेन्टर स्थापना गर्ने गाउँपालिकाको निती अनुशार हालसम्म डाँडागाउँ, सप्तेश्वर छितापोखरी, टेम्मा र याम्खामा वर्थिङ सेन्टर सञ्चालनमा आईरहेको छ ।
    २०७६ असार ४ गते दिउँसो ४ :५९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology