चिसाङ शेर्पा बैशाख/२० खोटाङ,
जिल्लाको सदरमुकाम दिक्तेलस्थित हाटडाडाँमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ । पुरानो पशु बधशालामा जीप पार्क बनाईएपछि नयाँ पशु बधशाला सञ्चालनमा आएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १९ लाख १५ हजार र हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्रवद्र्धन समितिको ४ लाख ७३ हजार ३४० रुपैयाँ लागतमा निर्माण सम्पन्न पशु बधशालाको मेयर दिपनारायण रिजालले विहीवार बिहान रिबन काटेर उद्घाटन गरेका छन् ।
नगरपालिकाको ८० प्रतिशत तथा टोल पुर्वाधार समितिको २० प्रतिशत लगानीमा गएको फागुन ३ गतेदेखी निर्माण शुरुभई बैशाख १८ गते सम्पन्न बधशालामा पशु बध गर्ने ट्रस भवन, भित्र्यास (लादी) प्वाँख भुत्ला, हाड खोर र रगत जाने बेग्लाबेग्लै तीन कोठे हज, मासु काट्ने चार कोठे आधुनिक भबन, दुई कोठे शौचालय, पानिको सुविधा रहेको हाटडाडाँ टोल पुर्वाधार विकास तथा व्यापार व्यावसाय प्रवद्र्धन समिति अध्यक्ष किसन कुमार राईले बताए ।पशु बधशालालाई खाद्य संस्थानको भवनमा प्रहरीले प्रयोग गरिरहेको पानि लगिनेछ । अध्यक्ष राईले भने, “बधशालामा तत्कालका लागि राँगाको मात्रै बध गरिनेछ । बंगुरका लागि व्यवस्थापन हुदैछ ।”
नगर र हाटडाडाँवासिको लगानीमा निर्माण सम्पन्न आधुनिक बधशालामा मात्र मासु बिक्री वितरण गर्नुपर्ने मेयर रिजालले बताउनुभयो । बधशालाभन्दा बजारको अन्य स्थानमा पशु बध गरेर मासु विक्री गर्न कसैलाई नदिने र गरेमा शक्त कारवाही गरिने बताए । बधशाला निर्माण समितिको उच्च प्रशंसासहित बजार आसपासका एकाध स्थानमा गुणस्तरहिन काम भएको स्वीकार्दै मेयर रिजालले ‘संलग्न जो कोहीलाई कारवाही हुने उल्लेख गरे ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology