समायोजन खबर खोटाङ, नेकपा एमाले खोटाङको आँठौ जिल्ला अधिवेशनबाट देव विक्रम राई अध्यक्षमा निर्वाचित भए। पार्टीको तत्कालिन उपाध्यक्ष राईले आँठौ अधिवेशनमा ३३९ मत ल्याएर निकटतम प्रतिद्धन्द्धी तत्कालिन अध्यक्ष राम प्रसाद दंगाललाई १५२ मलते पछि पारे।
साँतौ अधिवेशनसम्म सहमतिमा नेतृत्व टुगिंदै आएको एमालेको आँठौ अधिवेशन अन्ततःचुनावमा होमियो। चुनावबाट निर्वाचित राईसँग समायोजन खबर डटकमले गरेको कुराकानीको संम्पादित अंश।
आँठौ अधिवेशन सहमतिमा हुने भनेर सुरुवातदेखि रटान थियो। अन्ततःचुनाव भयो। अब एमाले खोटाङको यात्रा कस्तो हुन्छ,कसरी अगाडी बढ्छ?
हामीले सहमति गर्ने अधिकतम प्रयास अन्तिम क्षणसम्म गरेका थियौ। सहमति हुन सकेन। हामी दुईजना आफ्नो अडानमा दृढ रह्यौ। त्यसो भएको हुनाले हामी चुनावमा होमिन बाध्य भयौ। 
अबको यात्रा भन्नुहुन्छ भने,चुनावमा प्रतिस्पर्धा गरे पनि,पद्धतीलाई अंगिकार गरे पनि सबै बिर्सिसकेका छौ। हाम्रो प्रतिस्पर्धाको भावना जतिवेलासम्म चुनाव थियो। त्यो बेलासम्म मात्रै रह्यो। अहिले त्यो रहने छैन। राम प्रसाद दंगालसहित थुप्रै पराजित हुनु भएको छ। उहाँहरुलाई पनि यथोचित जिम्मेवारी दिन्छौ। उहाँहरु सबैलाई समेट्ने छौ। पार्टीलाई अझ मजबुत बनाएर लानेछौ।
तर,कार्यकर्तामा नैराशयता देखिन्छ नि? एमाले दुई धारमा विभाजन भयो भनेर।
त्यस्तो कदाचित हैन। पार्टीको अनुभवमा चुनावले नराम्रो गरेको कतै पनि छैन। जस्तो राष्ट्रिय महाधिवेशनमा चुनाव ग¥र्यौ, त्यसले पार्टीलाई गति लिनमा सहयोग गरेको छ। अन्य शक्तिसँग जुध्न हामी सक्षम भएका छौ। त्यसैगरी खोटाङमा पनि चुनाव गरेका छौ। यसले राम्रो नतिजा दिन्छ भन्ने लागेको छ।
छिमेकी जिल्ला उदयपुरमा धेरै अगाडीबाट चुनाव हुन्थ्यो। चुनावपछि त्यहाँको संसदीय निर्वाचन क्षेत्रहरुमा विजय प्राप्त गरेका छौ। र, चुनावले पार्टीलाई थप मजबुत बनाउँछ। अरुबेला टिके प्रथाबाट जिल्ला कमिटीमा हामी जो बस्यौ पहिले सर्बसहमतिको नाममा त्यसले नतिजा दिएन भन्ने कुरा त हामीले यहाँ पनि अनुभव गरेकै छौ। चुनावको माध्यमबाट हामीले थप मनोबल आर्जन गरेका छौ। जिम्मेवारी महशुष गरेका छौ। त्यसो भएको हुनाले पार्टीलाई राम्रो गर्छ भन्ने लाग्छ।
एमाले खोटाङको इतिहासमा पहिलो पटक निर्वाचन भयो। यो निर्वाचन पोलिटव्युरो सदस्य भर्सेस केन्द्रीय समिति सदस्य जस्तो देखियो नि?
म त यो जुन आरोप छ। यसलाई खारेज गर्न चाहान्छु। स्वभाविक रुपमा नेताहरुदेखि कार्यकर्ता समेत चुनाव भईसकेपछि विभक्त हुन्छन्। यो संयोग मात्रै हो,कदाचित हैन। व्यक्तिको लडाई भन्दा पनि यो चाँहि मेरो र रामजीको लडाई भन्नुपर्छ। यो पद्धतीलाई स्थापित गर्ने सन्दर्भ पनि हो।
पराजित हुने टिमले कतिको सहयोग गर्छ त्यो त आफ्नो ठाउँमा रह्यो। तपाई नेतृत्वको टिमलाई काम गर्न कतिको चुनौती छ?
अवश्य नै अवसरसँगै चुनौती पनि छ। र, त्यो चुनौतीलाई सामाना गर्न हामी तयार छौ। पराजित साथी, नेताहरुलाई पनि काममा फर्काउने छौ। जिम्मेवारी दिनेछौ। चुनौती सामना गर्ने शक्ति हामीले आर्जन गर्नेछौ भन्ने विश्वास लिएका छौ।
निर्वाचित गराउने प्रतिनिधि,नेता,कार्यकर्तालाई के भन्नुहुन्छ?
निःसन्देह चुनाव भन्ने वितिक्कै अलिअलि खल्लो चाँहि महशुष भयो। खोटाङको पार्टीभित्रको परम्परा, संस्कृति र संस्कारमा चुनाव भएको थिएन विगतमा। तर, अहिले चुनाव भयो त्यसले गर्दा अलिकती नमिठो प्रतिनिधिहरुलाई लागेको हुनसक्छ। तर, यो केही क्षणको लागि मात्रै हो भन्ने हामीले लिएका छौ। त्यो केही क्षणलाई मात्र हो भन्ने लाग्छ। 
सुरुमा भोट माग्न गाउँ–गाउँमा गयौ। गाउँमा जाँदाखेरी तलका नेता कार्यकर्ताहरुले चुनाव भयो भनेदेखि भोट हाल्दैनौं, वहिष्कार गर्छौ, अधिवेशनस्थल छोडेर हिड्छौ भन्नुभएको थियो। तर, जब चुनाव भयो त्यसपछि उहाँहरु मतदानमा सक्रियातापूर्वक भाग लिनुभयो।
यसले के प्रमाणित गर्छ भने उहाँहरुमाझ त्यस्तो कुनै निराशा छैन। विजय/पराजयलाई उहाँहरुले सहज रुपमा स्वीकार्नु भएको छ। यो कसैको जित पनि हैन, कसैको पराजय पनि हैन। पद्धती स्थापना गर्ने कुरामा विशिष्ट अनुभव पहिलो पटक अनुभूत गरेका हौ।
यो पनि पढ्नुहोस, एमाले खोटाङको अध्यक्षमा राई विजयी,दंगाल पराजित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology