Samayojan khabar

Advertisment

SKIP THIS

एमाले खोटाङको अध्यक्षमा राई विजयी,दंगाल पराजित

एमाले खोटाङको अध्यक्षमा राई विजयी,दंगाल पराजित


समायोजन खबर
  • शुक्रबार, चैत्र ३० २०८०

  • नेकपा एमाले खोटाङको निर्वाचित अध्यक्ष देव विक्रम राई।

    समायोजन खबर खोटाङ,नेकपा एमाले खोटाङको जिल्ला कमिटी अध्यक्षमा देव विक्रम राई विजयी भएका छन्। आँठौ जिल्ला अधिवेशन अन्तर्गत नेतृत्वमा सर्वसहमति नभएपछि निर्वाचन प्रक्रियाबाट राई अध्यक्षमा विजयी भएका हुन्।

    शुक्रबार बिहान दिक्तेलको माटिकोरेस्थित बहुउद्देश्य कर्भडहलमा भएको मतदानबाट अध्यक्षमा विजयी भएका राईले ३३९ मत ल्याएका हुन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा निवासी राई यसअघि उपाध्यक्ष थिए।

    राईका निकटतम प्रतिद्धन्द्धी राम प्रसाद दंगालले १८७ मत पाएका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका दंगाल यसअघि अध्यक्ष थिए।

    उपाध्यक्षमा कुमार प्रसाद आचार्य ३५८ मत ल्याएर विजयी भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका आचार्य यसअघि सचिव थिए। उनका निकटतम प्रतिद्धन्द्धी उपिन कुमार राईले १३४ मत ल्याएका थिए। राई यसअघि सचिवालय सदस्य थिए। सचिवमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका सुरेन्द्र कुमार राई(बिहीबार) हिजै निर्विरोध भईसकेका छन्। उनी यसअघि उप–सचिव थिए।

    पुरुष एकजना उप–सचिवमा राजन कुमार बन्जारा विजयी भएका छन्। बन्जाराले १४० मत पाउँदा उनका निकट्तम प्रतिद्धन्दी गीरेन्द्र बहादुर राई १३५ मतले पराजित भएका छन्। बन्जारा यसअघि सचिवालय सदस्य एवंम् खोटेहाङ इन्चार्ज थिए। गीरेन्द्र यसअघि सचिवालय सदस्य एवंम् हाल ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष हुन्।

    उप–सचिवका अन्य प्रतिस्पर्धी चक्र बहादुर राई(दिलचक्र)ले ६२, दिनेश कुमार राईले ४९, कमल ढकालले २३, गोपिकृष्ण खड्काले ३३ र युवराज रिजालले २४ मत पाएका थिए।

    महिला एकजना उप–सचिवमा कविता राई ४१२ मत ल्याएर विजयी भएका छन्। उनी यसअघि सचिवालय सदस्य एवंम् खोटेहाङ गाउँपालिका सह–ईन्चार्ज थिइन्। कविताका प्रतिद्धन्द्धी भगवती प्रधान ८० मत ल्याएर पराजित भइन्। पाँच पदाधिकारी सहित ९० सदस्यीय एमालेको जिल्ला कमिटी बनेको छ।

    उमेश पौडेलको अध्यक्षतामा सात सदस्यीय लेखा कमिटी गठन भएको छ। लेखा कमिटीको उपाध्यक्षमा निर्मला थापा आचार्य विजयी भएका छन्। उपाध्यक्षमा थापा र नन्दकुमार तामाङ आमनेसामने भएका थिए। अध्यक्ष र सचिवमा जोसेफ रिजालसहित चार सदस्यीय निर्विरोध भएका थिए।

    एमालेको ५६६ जना प्रतिनिधिमा ५३९ मत खसेको थियो। एमाले खोटाङको इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्य चयन भएको हो। योसँगै एमाले खोटाङ दुई धारमा विभाजित भएको छ।
    पोलिटव्युरो सदस्य विशाल भट्टराई र केही प्रदेश सदस्यहरुले देव विक्रम राई र कुमार प्रसाद आचार्यलाई सघाएका थिए। निकट श्रोतका अनुसार भट्टराईको प्यानल नै विजयी भएको हो।

    केन्द्रीय सदस्यहरु रमेश पौडेल, उषाकला राई, खगेन्द्र राई, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राईले राम प्रसाद दंगाललाई सघाएको श्रोतले बताएको छ।
    पदाधिकारीको कार्यकाल तीन वर्षको हुनेछ। अधिवेशन नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवंम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले उद्घाटन गरेकी थिईन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology