• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षक आन्दोलनमा, विद्यालयमा लाग्यो ताला

शिक्षक आन्दोलनमा, विद्यालयमा लाग्यो ताला


समायोजन खबर
  • बिहिबार, असोज ४ २०८०

  • शिक्षक आन्दोलनमा हिडेपछि विद्यालयमा लागेको ताला।

    समायोजन खबर खोटाङ, विद्यालय शिक्षा विधेयक २०८० लाई लिएर शिक्षकहरु आन्दोलन गर्न काठमाण्डौ गएपछि खोटाङका सामुदायिक विद्यालयहरुमा ताला लागेको छ।
    २७ भदौमा सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० ले आम अभिभावक, शिक्षक, विद्यालय कर्मचारी र शैक्षिक सरोकारवालालाई निरास र आक्रोशित बनाएको भन्दै ४ असोजदेखिको आन्दोलनमा सहभागी हुन २ असोजबाटै शिक्षकहरु काठमाण्डौ गएपछि आज जिल्लाभरीका ४८६ वटा विद्यालयमा प्राय ताला लागेको हो।
    जिल्लाको सदरमुकाम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र नजिकै रहेकोे सरस्वती नमूना मावि, पञ्च मावि, सरस्वती आधारभूत विद्यालय पोखरी, सावित्रा मावि बाम्राङमा ताला लागेको छ।विधार्थीहरु फाटफुट्ट विद्यालय आएको र केही समयपछि घर फर्किएको सरस्वती आधारभूत विद्यालय पोखरीका विव्यास अध्यक्ष अजय बस्नेतले बताए। बिना जानकारी शिक्षकहरु आन्दोलनमा हिडेको बस्नेतले बताए। शिक्षक आन्दोलनमा जाँदा विधार्थीको पढ्न पाउने अधिकार हनन् भएको र यस विषयमा स्थानीय सरकार चुइक्क नबोलेको बस्नेतको भनाई छ। शिक्षकहरु आन्दोलनमा गएपछि बालबालिकाको पढाईमा असर पुगेको भन्दै अभिभावकहरु शिक्षकप्रति आक्रोशित बनेका छन्।


    यो पनि पढ्नुहोस,शिक्षक आन्दोलनमा हिडेपछि खोटाङमा विधार्थीले पढ्न पाएनन्

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology