Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षक आन्दोलनमा हिडेपछि खोटाङमा विधार्थीले पढ्न पाएन

शिक्षक आन्दोलनमा हिडेपछि खोटाङमा विधार्थीले पढ्न पाएन


समायोजन खबर
  • मंगलबार, असोज २ २०८०

  • समाविमा अध्ययनरत विधार्थी घर फर्किदै।

    समायोजन खबर खोटाङ, विद्यालय शिक्षा विधेयक २०८० लाई लिएर शिक्षकहरु आन्दोलन गर्न काठमाण्डौ गएपछि खोटाङमा विधार्थीहरुले पढ्न नपाएको बताएका छन्।

    २७ भदौमा सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० ले आम अभिभावक, शिक्षक, विद्यालय कर्मचारी र शैक्षिक सरोकारवालालाई निरास र आक्रोशित बनाएको भन्दै मंगलबार बिहानै शिक्षकहरु काठमाण्डौ गएपछि विद्यालय पुगेका विधार्थीहरु निरास हुँदै घर फर्कनु परेको छ।

    जिल्लाको सदरमुकाम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रबाट करीव ३०० मिटर अघि रहेको सरस्वती नमूना मावि पुगेका विधार्थीहरुले विहानीको प्रार्थना गरेर घर फर्किएको बताएका छन्। विद्यालय श्रोतले भने, एक घण्टी पढाई भएको दाबी गरेका छन्।समाविमा अध्ययनरत विधार्थी घर फर्किदै।

    अधिकांश शिक्षकहरु आन्दोलन गर्न जानुभयो। एक घण्टीभन्दा बढी पठनपाठन भएन। विद्यालय श्रोतले भन्यो। मध्यान्ह १२ः१४ बजे समावि पुग्दा भएका केही शिक्षकहरु भने बाहिर बसिरहेको देखिएको थियो। यस्तै, पञ्च माविमा पनि दुई घण्टी पठनपाठन भएको विद्यालय श्रोतले बतायो।

    शिक्षा विकास तथा समन्वय इकाई दिक्तेलका अनुसार शिक्षक आन्दोलनका कारण जिल्लाका धेरै विद्यालय बन्द भएको छ। अनुरोध गरेर विद्यालय बन्द नगर्न आव्हान गर्दा पनि शिक्षकहरुले नटेरेको इकाईको भनाई छ। यता,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रअ छनौट परीक्षा भने आज नरोकिएको श्रोत बताउँछ।

    ४ असोजबाट अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाण्डौ केन्द्रित भएर ‘विद्यालय शिक्षा विधेयक २०८०’ विरुद्ध आन्दोलनमा सहभागी हुन शिक्षक महासंघले आव्हान गरेपछि शिक्षकहरु विद्यालय छोडेर काठमाण्डौ गएका हुन्।
    शिक्षा विधेयकमा के छ ?
    प्रस्तावित विधेयकमा विद्यालयको स्थापना र सञ्चालनको अनुमति राष्ट्रिय मापदण्डको आधारमा स्थानीय तहबाट हुने, विद्यालयमा आधारभूत र माध्यमिक तह रहने र राष्ट्रिय पाठ्यक्रम प्रारूपका आधारमा पठनपाठन र परीक्षा सञ्चालन गर्ने जस्ता व्यवस्था गरिएको छ।

    यसैगरी विद्यालयमा व्यवस्थापन समिति रहने, विद्यालयमा रहेका शिक्षक/कर्मचारीको दरबन्दी समायोजन गर्ने, शिक्षक कर्मचारीको पदपूर्तिको विज्ञापन र सिफारिश शिक्षक सेवा आयोगले गर्ने व्यवस्था छ।
    यस्तै, नियुक्ति, सरुवा र अवकाशका विषय स्थानीय तहले हेर्ने, शिक्षक–कर्मचारीले कार्यरत रहँदा र अवकाशपछि पाउने सुविधा सुनिश्चित गर्ने, हाल कार्यरत राहत शिक्षक अनुदान कोटा, विशेष शिक्षक अनुदान कोटा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा दरबन्दीमा परिणत हुने, विद्यालय तथा शिक्षकको अभिलेख राष्ट्रिय किताबखानामा रहने पनि व्यवस्था गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology