समायोजन खबर खोटाङ,वाहिनीपति ट्रफीमा खोटाङको मुडेमा अवस्थित रणभीम गणले ह्याट्रिक गर्दै च्याम्पियन बनेको छ। शनिबार सम्पन्न ९ विधाका खेलहरुमध्ये भलिबल, बाँस्केटबल, स्वीमीङ र एथलेटिक्समा स्वर्ण पदक जित्दै गण तेश्रो पटक पनि च्याम्पियन बनेको हो।
यसअघि २०८१ र ८२ सालमा रणभीम च्याम्पियन बनेको थियो। च्याम्पियन बनेसँगै बैशाख १२ गते नम्बर १८ बाहिनी अड्डा उदयपुरमा समापन समारोहमा बाहिनीपति, सहायक रथी बिमल कुमार बस्नेतले रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेलाई वाहिनीपति ट्रफीको रनिङ शिल्ड प्रदान गर्नुभएको छ।
लगातार तीन पटक च्याम्पियन बनेसँगै रणभीमले वाहिनीपति ट्रफीको रनिङ शिल्ड पचाउन सफल भएको छ। यससँगै बाहिनी अड्डा अन्तर्गतका गणमध्ये रणभीम गण सर्वोत्कृष्ट भएको छ। दुर्गाबक्स गण ओखलढुंगा दोश्रो र पशुपतिप्रसाद गण तेश्रो भएको छ।
नम्बर १८ बाहिनी अड्डा अन्तर्गतको रणभीम गण खोटाङ, दुर्गाबक्स गण ओखलढुंगा र पशुपतिप्रसाद गण उदयपुरलाई सहभागी गराइ बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म वाहिनीपति ट्रफी भएको थियो। वाहिनीपति ट्रफीमा भलिबल, बास्केटकल, तेक्वान्दो, स्वीमिङ्ग, बक्सिङ्ग, फुटबल, एथलेटिक्स, जुडो र सुटिङ्गका खेलहरु हुने गर्दछ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology