• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

केपिलासगढीमा तयार भयो,तोरी प्रशोधन केन्द्र

केपिलासगढीमा तयार भयो,तोरी प्रशोधन केन्द्र


समायोजन खबर
  • शनिबार, चैत्र २८ २०८२

  • परीक्षणका लागी एक लिटरको बोतलमा बजारमा पठाईएको“संमृद्धि शुद्ध तोरीको तेल”।

    समायोजन खबर खोटाङ,खोटाङको केपिलासगढी गाउँपालिकाले तोरी प्रशोधन केन्द्र तयार गरेकोे छ। गाउँपालिकाको गौरवको योजना अन्तर्गत बाक्सिलाबजारस्थित जरङखामा प्रशोधन केन्द्र तयार गरी सञ्चालन योग्य बनाएको हो।

    गाउँपालिका र जि फाउण्डेसनको संयुक्त लगानीमा निर्माण गरिएको प्रशोधन केन्द्रमा तोरी पेल्नेदेखी तेल प्रशोधन हुँदै बोतलिङसम्म हुने सिस्टम तयार भएको छ। प्रशोधनको सम्पूर्ण चरण पार गरी तयार गरिएको तेल हाललाई परीक्षणका लागी एक लिटरको बोतलमा बजारमा पठाईएको छ।

    संमृद्धि शुद्ध तोरीको तेल”लाई प्रतिलिटर ४५० रुपैयाँ मूल्य तोकिएको छ। सम्पूर्ण मापदण्ड पूरा भएको प्रशोधन केन्द्र हाललाई परीक्षणका लागी सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो। राईका अनुसार निकट भविष्यमै उद्घाटन गरी केन्द्रलाई नियमित रुपमा सञ्चालन गर्ने तयारी भईरहेको छ।केपिलासगढीमा सबैभन्दा बढी तोरी उत्पादन हुने गर्दछ। सोही कारण तोरी उत्पादनमा प्रोत्साहन गर्ने र खानेतेलमा आत्मनिर्भर बन्ने उद्देश्यले गाउँपालिकाले विगत तीनवर्षदेखी किसानलाई उत्पादनमा आधारित अनुदान रकम प्रदान गर्दै आएको छ।

    तेल प्रशोधनका लागि गाउँपालिकाभरी उत्पादन भएको तोरीले मात्रै नपुग्ने भएकाले जिल्लाभरीका किसानले उत्पादन गरेको तोरी गाउँपालिकाले उचित मूल्यमा खरीद गर्ने र बाक्सिलासम्म ल्याए वापत दुरीका आधारमा ढुवानी भाडा समेत उपलब्ध गराइने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology