Samayojan khabar

Advertisment

SKIP THIS

जग्गादाताको नाम लेखिएको शिलालेख अनावरण

जग्गादाताको नाम लेखिएको शिलालेख अनावरण


समायोजन खबर
  • शुक्रबार, माघ १० २०८२

  • समायोजन खबर खोटाङ, सशस्त्र प्रहरी बल नेपाल नं ७ गुल्म हेडक्वाटर हलेसीको स्थापनाका लागि निशुल्क जग्गादान गर्नुहुने जग्गादाताहरुको शिलालेखमा नाम लेखिएको छ।

    तत्कालिन सशस्त्र प्रहरी नायब उपरिक्षक कालीदास धौबजीको कार्यकालमा लफ्याङस्थित मझुवागढीमा गुल्म स्थापना गर्न ४३ रोपनी ४ आना २ पैसा १ दाम जग्गा दिने दाताहरुको नाम लेखिएको शिलालेख २५ औं सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रबार अनावरण गरिएको छ।

    गुल्म स्थापनाका लागि सावित्र विष्ट, खड्ग बहादुर कटवाल, भुपराज कटुवाल, भिम बहादुर कटुवाल, गोविन्द बहादुर कटुवाल, सिताराम विष्ट, धनमाया कटुवाल, छत्र बहादुर कटुवाल, भक्त बहादुर कटुवालले जग्गादान गरेका थिए।
    यस्तै, पुष्प बहादुर कटुवाल, ध्रुवलाल कटुवाल, केशर बहादुर दाहाल, ललित बहादुर कटुवाल, चंख बहादुर कटुवाल, कृष्ण बहादुर कटुवाल, खेम बहादुर कटुवाल र वर्त कुमारी राजबंशीले जग्गादान गरेका थिए।
    जग्गादाताहरुको नाम लेखिएको शिलालेख लफ्याङ मझुवागढीस्थित गुल्ममा सशस्त्र प्रहरी नायब उपरिक्षक गुल्मपति शैलेन्द्र न्यौपाने र अगुवाहरुले अनावरण गरेका थिए। शिलालेख राख्नका लागि लफ्याङका स्थानीय एवंम् वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी नरेश कुटवाल, बालाराम कटुवाल, जयनारायण कटुवाल र गोविन्द कटुवाल (ग)ले पहल गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology