Samayojan khabar

Advertisment

SKIP THIS

पेस्तोल देखाएर सुन लुटपाट

पेस्तोल देखाएर सुन लुटपाट


समायोजन खबर
  • सोमबार, मंसिर २३ २०८२

  • सांकेतिक तस्वीर।

    समायोजन खबर खोटाङ, अपरिचित दुई जना पुरुषले पेस्तोल देखाएर उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछास्थित गोरुलीघाटमा एक दम्पत्तीको सुनको गरगहना लुटपाट गरेको छ। ६० वर्षीय भरत राई र उहाँको श्रीमती ५८ वर्षीया अछुतकला राईको आधा तोलाको सुनको रिङ र चार आनाको तिलहरी लुटपाट गरेको हो।

    आईतबार राती १० बजे ‘हामी प्रहरी हौ भनि सवालजवाफ गरी’ फर्केर गएका उनीहरु फेरी सोमबार राती १ बजे फर्केर आई अचानक पेस्तोल देखाई धाकधम्की, डर, त्रास देखाई दम्पत्तीको हात बाँधी मुखमा कालो टेप लगाई सुन लुटपाट गरेको प्रहरीले जनाएको छ।

    लुटपाट भएको जानकारी इलाका प्रहरी कार्यालय लिम्चुङबुङमा आएपछि प्रहरी नायव निरीक्षक ऋषिकेश खनालको कमाण्डमा चारजना र प्रहरी चौकी साउने उदयपुरबाट प्रहरी सहायक निरीक्षक थिरा भुजेलको कमाण्डमा तीन जनाको प्रहरी टोली बिहान ७ बजेर २० मिनेटमा घट्नास्थल पुगेर बिस्तृत रुपमा अनुसन्धान गरेको छ।

    दम्पत्ती र भरतको दाई ६५ वर्षीय मान बहादुर राई तीनजना मात्रै घरमा बस्दै आएको, घर एकान्तमा रहेको, आसपासमा नजिकै अन्य घरहरु समेत नभएकाले तीन जनालाई हात बाँधी मुखमा कालो टेप लगाई बाहिरबाट ढोका बन्द गरी सुनको गरगहना लुटपाट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    लुटपाटमा संलग्न मंगोलियन अनुहार परेको, रातो वर्ण देखिएको, एकजनाले सेतो कलरको जुत्ता लगाएको, अर्को जनाले कालो रङगको ज्याकेट लगाएको, अन्दाजी ५ फिट ३ इन्च उचाई जस्तो देखिएको, मझौला शरीर भएको पहिचान भएको छ। उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङसँग समन्वय गरी चेकपोष्ट निकाली थप चेकजाँच तथा पहिचान गर्ने काम भईरहेको उदयपुर प्रहरीले जानकारी दिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology