समायोजन खबर खोटाङ, खोटाङमा ट्याक्टरको ठक्करबाट एकजना पुरुषको ज्यान गएको छ। ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङदेल बादस्कुका ४५ वर्षीय यादवराज राईको ज्यान गएको हो।
राखाबाङदेलबाट फेदीतर्फ जाने कच्ची सडकमा मंगलबार राती उत्ताने परेको अवस्थामा भेटिएका राईको ट्याक्टरको ठक्करबाट ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट बुधबार बिहान खटेको प्रहरी निरीक्षकको टोलीले अनुसन्धान गर्ने क्रममा प्रदेश २–०१–००१ त १५६४ नम्बरको ट्याक्टरको ठक्करबाट राईको ज्यान गएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्याक्टर र चालक रावाबेशी गाउँपालिका–३ डुम्रेधारापानीका २० वर्षीय सुजन खड्का इलाका प्रहरी कार्यालय ऐसेलुखर्कको नियन्त्रणमा रहेको छ। कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि आजै प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाईएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology