Samayojan khabar

Advertisment

SKIP THIS

वाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेकको विजयी यात्रा

वाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेकको विजयी यात्रा


समायोजन खबर
  • शुक्रबार, बैशाख ५ २०८२

  • समायोजन खबर खोटाङ, वाहिनीपति ट्रफीमा रणभीम गण मुडे ब्यारेक खोटाङले तीनवटा प्रतियोगितामा जित निकालेको छ।

    रणभीम गण मुडे, दुर्गाबक्स गण ओखलढुङ्गा र पशुपति प्रसाद गण उदयपुरबीच शुक्रबारदेखि सुरु भएको विभिन्न प्रतियोगितामध्ये बास्केट बल, भलिबल र फुटबल प्रतियोगितामा रणभीम गणले जित निकालेको हो।

    रणभीम गण मुडेमा आज भएको पुरुष बास्केट बल प्रतियोगितामा रणभीम गणले पशुपति प्रसाद गण उदयपुरलाई २६–६९ स्कोरले पराजित ग-यो।

    दुर्गाबक्स गण ओखलढुंगामा भएको पुरुष भलिबल प्रतियोगितामा रणभीम गणले पशुपति प्रसाद गण उदयपुरलाई २–१ को सेटले हराएको छ।

    यस्तै, उदयपुरको नम्बर १८ बाहिनीमा भएको पुरुष फुटबल प्रतियोगितामा १ गोल गर्दै रणभीम गणले दुर्गाबक्स गण ओखलढुंगामाथि शानदार जित निकालेको छ।

    वाहिनीपति ट्रफी अन्तर्गत नै बैशाख ६ गते रणभीम गण मुडेमा तेक्वान्दो र जुडो प्रतियोगिता हुनेछ। प्रतियोगितामा विजयी हुने टिमले पृतनापति ट्रफीमा प्रतिस्पर्धा गर्न पाउनेछन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology