समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारमा लागेको आगोबाट सात करोड ३० लाखको क्षति भएको छ।
फागुन ४ गते अन्दाजी साँझ ७ बजे स्थानीय पदमशेर राईको काठ र जस्तापाताले बनेको तीनतले घरको पहिलो तलामा रहेको हार्डवयर पसलमा राखिएको खाना पकाउने ग्यास लिक हुँदा लागेको आगोले उक्त क्षति गरेको हो।
आगलागीबाट पदमशेरकै पूर्णरुपमा जलेर नष्ट भएको घरको दोश्रो तलामा निर्धनउत्थान लघुवित्त संस्थाको कार्यालय समेत रहेको थियो। आगलागीबाट पदमशेरको घर पुर्णरुपमा जल्दा चार करोडको क्षति भएको छ।
पदमशेरको बायाँ साइडमा रहेको आइरख राईको न्यु कल्याण होटल सञ्चालन भईरहेको चारतले पक्की घर र पछाडीसँगै रहेको निजकै काठको दुईतले घरमा पुर्ण क्षति हुँदा दुई करोड ५० लाख, दाहिने साइडमा रहेको प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामे ट्रसले बनेको एकतले भान्सा घर र पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख र भिरणशेर राईको पारुहाङ होटलको चारतले पक्की घरको दोश्रो र तेश्रो तलामा आंशिक क्षति हुँदा ५० लाखको क्षति भएको प्रहरीले जनाएको छ।
आगोलाई ४१ जना नेपाल प्रहरी, ३७ जना शसस्त्र प्रहरी, ३० जना नेपाली सेना, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रहरी र स्थानीयले जेसिभी, ट्याक्टर, ट्याङकरको सहायतामा राती १ :१० मिनेटमा पूर्णरुमा नियन्त्रणमा लिएको थियो।
जिल्लामा दमकल नहुँदा र हलेसीबजारमा पानीको अभाव हुँदा आगो निभाउन सकस भएको थियो। आगलागीबाट मानवीय र चौपायामा क्षति भएको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology