Samayojan khabar

Advertisment

SKIP THIS

मिलको फिताले घाँटीमा गम्भीर चोट लाग्दा मृत्यु

मिलको फिताले घाँटीमा गम्भीर चोट लाग्दा मृत्यु


समायोजन खबर
  • आइतबार, माघ २७ २०८१

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, मिलको फिताले घाँटीमा गम्भीर चोट लागेर घाईते भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी ४५ वर्षीया कमला खड्काको उपचारको क्रममा मृत्यु भएको छ।

    माघ २६ गते अन्दाजी मध्यान्ह १२ बजे सोही ठाउँका दिल बहादुर खड्काको मकै, धान पिस्ने मिलमा धानको घान लगाउने क्रममा अचानक लडेर खड्का घाईते भएकी थिईन्।

    खड्का गम्भीर घाईते भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक बोधराज बस्नेतको कमाण्डमा खटेको प्रहरीले तत्काल उपचारका लागि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पु¥याएको थियो।

    तर, उपचारको क्रममा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कानूनी प्रक्रिया पुरा गरेर मृतक खड्काको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको शब गृहमा राखिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology