समायोजन खबर खोटाङ,खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको दौतेखोलास्थित मध्यपहाडी लोकमार्ग सडकमा सुमो र स्कारपियो ठोक्किदा सातजना घाईते भएका छन्।
सोमबार दिउँसो १ः१५ बजे ऐसेलुखर्कबाट काठमाण्डौ हिडेको ना १ ज ५६११ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बा १८ च ८११८ नम्बरको स्कारपियो एकआपसमा ठक्कर खादा सुमोमा सवार पाँचजना र स्कारपियोमा सवार दुईजना सामान्य घाईते भएका छन्।
घाईते हुनेमा रावाबेशी गाउँपालिका–४ डुम्रेधारापानीका २४ वर्षीया एलिना पाण्डे, सोही स्थानका १९ वर्षीया विनिशा श्रेष्ठ, सोही ठाउँका ११ वर्षीय सौरभ घिमिरे, लामाडाँडाका ४२ वर्षीया धनकुमारी श्रेष्ठ र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका २४ वर्षीय इश्वर राई छन् । उनीहरु सुमोमा सवार रहेको प्रहरीले जनाएको छ।
स्कारपियोमा सवार काठमाण्डौ महानगरपालिका बौद्धका ६७ वर्षीय टासी पात्लेन लामा र सोही स्थान बस्ने ६१ वर्षीय बेछोन दाउमो लामा सामान्य घाईते भएका छन्। घाईतेहरुको स्थानीय स्वास्थ्य केन्द्र उपचार भईरहेको छ।
सुमो चालक रावाबेशी गाउँपालिका–१ कुभिण्डेका ५० वर्षीय केशव गिरी, स्कारपियो चालक काठमाण्डौ महानगरपालिका–४ काठमाण्डौका ४८ वषीय भाईकृष्ण बाँदे र दुबै सवारी साधन अस्थाई प्रहरी पोष्ट जयरामघाटको नियन्त्रणमा रहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology