• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ज्येष्ठ नागरिकले गर्‍यो जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम

ज्येष्ठ नागरिकले गर्‍यो जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम


समायोजन खबर
  • बुधबार, असार ६ २०८१

  • समायोजन खबर खोटाङ,ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङले जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गरेको छ। जिल्ला समन्वय समितिको सभाहलमा बुधबार करीव सयजना ज्येष्ठ नागरिकलाई राखेर जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गरेको हो।
    कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई जिल्ला अस्पताल खोटाङमा कार्यरत एमबीबीएस डाक्टर सिदार्थ गौतमले अस्पतालले ज्येष्ठ नागरिकलाई दिने सेवासुविधा र उमेर ढल्केसँगै नियमित सेवन गर्नुपर्ने औषधिका बारेमा जानकारी दिएका थिए।

    जिल्ला समन्वय समिति सदस्य तथा ज्येष्ठ नागरिक संघका पूर्वअध्यक्ष दुर्गा प्रसाद घिमिरेले ज्येष्ठ नागरिकको हकअधिकारका विषयमा जानकारी गराएका थिए।
    जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक कोपिला भुजेलले ज्येष्ठ नागरिकलाई जिल्ला प्रहरी कार्यालयले दिने सेवासुविधा र ज्येष्ठ नागरिक सम्बन्धी कानूनका वारेमा जानकारी दिएका थिए ।
    कार्यक्रममा सहभागी ज्येष्ठ नागकिरहरुले भजन कृतन, संगिनी नाच र ज्येष्ठ नागरिकको पीरमर्का बोल्ने गीत गाएर भरपुर मनोरञ्जन गरेका थिए।
    २०७० सालमा स्थापना भएको ज्येष्ठ नागरिक जिल्ला संघमा ३६० जना ज्येष्ठ नागरिक आजिवन सदस्य रहेको संघका अध्यक्ष धनपती आचार्यले बताए।

    https://www.facebook.com/samayojankhabar/videos/1412622639421998

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology